https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

भक्तपुर, कार्तिक ११ गते ।
प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ्गले मंगलबार भक्तपुरको नगरकोटस्थित प्रहरी प्रभागको नवनिर्मित भवन उद्घाटन गर्नुभएको छ ।

एक विशेष समारोहबीच भवन उद्घाटन गर्दै महानिरीक्षक खापुङ्गले भवन निर्माणमा संलग्न सम्पूर्ण पक्षप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो। उहाँले भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।

कार्यक्रममा भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थाहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो। सो अवसरमा महानिरीक्षक खापुङ्गले नवनिर्मित भवन केवल भौतिक संरचना मात्र नभई आम नागरिकको प्रहरी प्रतिको विश्वास, अपेक्षा र सहकार्यको प्रतीक भएको बताउनुभयो ।

उहाँले थप्नुभयो, “यस भवनले प्रहरी सेवालाई अझ चुस्त, प्रभावकारी र जनमुखी बनाउँदै प्रहरी र नागरिकबीचको सम्बन्धलाई सुदृढ र सुमधुर बनाउन सहयोग पुर्‍याउनेछ ।”

खापुङ्गले कानुन कार्यान्वयन, विपत्ति व्यवस्थापन तथा असामान्य परिस्थितिमा अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्दै आएको नेपाल प्रहरीप्रति नागरिकको भरोसा उच्च रहेको बताउँदै सो भरोसा कायम राख्न शिष्ट व्यवहार र उत्कृष्ट कार्यसम्पादनमा ध्यान दिन प्रहरीलाई निर्देशन दिनुभयो।

उद्घाटन समारोहमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री र भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्राविधिक प्रहरी नायव उपरीक्षक केविन जंग थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

नेपाल सरकारको नियमित बजेटबाट कुल लागत रू. ४ करोड ४६ लाख १८ हजार १ सय ९७ रुपैयाँ २२ पैसामा भवन निर्माण सम्पन्न भएको हो।

उद्घाटन समारोहमा नेपाली सेनाका उपरथी, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रतिनिधि, राजनीतिक दलका नेताहरू, संघ–संस्थाका प्रतिनिधि, स्थानीय समाजसेवी, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार