https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गौशाला, कार्तिक ११ गते ।
गौशाला बहुसांस्कृतिक कला केन्द्रद्वारा आयोजित छठ पूजा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय तहका विभिन्न कलाकार भाइबहिनीहरूले मनमोहक प्रस्तुति दिएर छठ पर्वको सांस्कृतिक र धार्मिक महत्त्व झल्काएका थिए।

कार्यक्रममा सहभागी कलाकारहरू र सहयोग पुर्‍याउने व्यक्तित्वहरूको योगदानको कदर गर्दै केन्द्रले उहाँहरूलाई खादा र प्रशंसापत्र प्रदान गरी सम्मान गरेको हो।

यस अवसरमा केन्द्रका पदाधिकारीहरूले कार्यक्रममा सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्दै गौशाला नगरपालिकाका इलाका प्रहरी, नगर प्रहरी तथा स्थानीय समुदायका मनकारी व्यक्तित्वहरूलाई विशेष धन्यवाद ज्ञापन गरे।

कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्दै केन्द्रले आगामी दिनहरूमा पनि सांस्कृतिक, सामाजिक र धार्मिक कार्यक्रममार्फत स्थानीय प्रतिभा अभिव्यक्तिको अवसर सृजना गर्ने प्रतिबद्धता जनाएको छ। साथै, सबैलाई संस्थालाई आफ्नै संस्था ठानी निरन्तर साथ र सहयोगका लागि आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार