https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

कपिलवस्तु, कार्तिक १३ गते ।
कपिलवस्तु । कपिलवस्तुमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । शिवराज नगरपालिका–१, बनकसबासामा बिहीबार बिहान करिब दुई बजे यात्रु बस दुर्घटना भएको हो ।

काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको यात्रु बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका क्रममा बसले बाटोमा हिँडिरहेका एक पैदल यात्रुलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका ती पुरुषलाई उपचारका लागि चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा रहेका अन्य पाँच जना यात्रुहरू घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित समाचार