https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला : महोत्तरीको औरही नगरपालिका–४ कटुधारमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले हुलाकी राजमार्ग अवरुद्ध गरेका छन्।

बुधबार दिउँसो नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा १० वर्षीया शिवानी यादव गम्भीर घाइते भएकी थिइन्। उनी आफ्नी छिमेकी सन्ध्या यादवसँग साइकिलमा सवार थिइन्। घाइते बालिकालाई तत्कालै जानकी एकेडेमिक हस्पिटल, महोत्तरी पुर्‍याइए पनि उपचारकै क्रममा राति उनको मृत्यु भएको प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए।

प्रहरीका अनुसार, कालो ज्याकेट लगाएका व्यक्ति सवार मोटरसाइकल चालक ठक्कर दिएर घटनास्थलबाट फरार भएका छन्। हाल उनीहरूको खोजी तीव्र रूपमा भइरहेको छ।

घटनापछि दोषीलाई तुरुन्त पक्राउ गरी कारबाही गर्नुपर्ने मागसहित स्थानीयवासीले बिहीबार बिहान ११ बजेदेखि कटुधार खण्डमा सडक अवरुद्ध गरेका थिए।

पछि इलाका प्रहरी कार्यालय गौशाला, मृतक परिवार, औरही नगरपालिकाका पूर्व प्रमुख सुनिल कुमार यादव र स्थानीय प्रतिनिधिबीच भएको छलफलपछि सहमति बनेको छ।
सहमति अनुसार—

एक महिनाभित्र दोषी पत्ता लगाई कानुनी कारबाही अघि बढाइने

दुर्घटनाप्रवण स्थानमा सिसिटिभी क्यामेरा जडान गरिने

सहमति भएपछि स्थानीयले राजमार्ग अवरुद्ध हटाएका छन्।
बालिकाको शव पोस्टमार्टमका लागि जलेश्वर अस्पताल लगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार