https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला : महाेत्तरीकाे गौशाला नगरअस्पतालले आफ्नो सेवा इतिहासमा पहिलो पटक सफल सल्यक्रिया (अपरेसन) सम्पन्न गरेको छ । बिहीबार दिउँसो २५ वर्षीया महिलाको लोअर सेग्मेन्ट सिजेरियन सेक्सन (LSCS) विधिबाट सन्तान जन्माउने शल्यक्रिया सम्पन्न गरिएको हो ।

यो सर्जिकल सफलता नगरप्रमुख डा. दिपेन्द्र महतोको प्रत्यक्ष निगरानीमा सम्भव भएको अस्पतालले जनाएको छ । सर्जरी टोलीमा मेडिकल सुपरिटेन्डेन्ट डा. अमरेशकुमार महतो र डा. संजीव यादव मुख्य भूमिकामा रहेका थिए । त्यस्तै डा. बलराम सिंह, डा. श्याम साह लगायतका स्वास्थ्यकर्मीको सहभागितामा अपरेसन सम्पन्न गरिएको थियो ।

डा. अमरेश महतोका अनुसार, यो गौशाला नगरअस्पतालको इतिहासमै पहिलो सफल सिजेरियन सर्जरी हो । उनले भने, “यो हाम्रो अस्पतालको सेवाको माइलस्टोन हो। अब यहाँका महिलाहरूलाई सुत्केरी उपचारका लागि बाहिर जानुपर्दैन ।”

अस्पतालका अनुसार, सर्जरी गरिएकी महिलाको गर्भअवधि ३९ हप्ता ५ दिनको थियो । उनीमा कम उचाइ, सेफालोपेल्भिक डिसप्रोपोर्शन र प्रसव प्रगति नदेखिने समस्या देखिएपछि आपतकालीन सिजेरियन सेक्सन गरिएको हो ।

डा. महतोले आमा र शिशु दुबैको स्वास्थ्य अवस्था पूर्ण रूपमा सामान्य रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार