जनकपुरधाम, कात्तिक १५ गते ।
आजको दिन बार्है राशिका जातकहरूका लागि ग्रहगोचरको प्रभाव मिश्रित रहने ज्योतिषि डा. विवेक बताउँछन् । उनका अनुसार कतिपय राशिका लागि मिहिनेत र लगनशीलताले सफलता दिलाउने योग छ भने केही राशिले हतार र आवेशबाट बच्नुपर्ने देखिन्छ ।
मेष राशिका लागि आजको समय फलदायी छ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ, छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ र आम्दानीका स्रोत बढ्नेछन् । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा फाइदा हुनेछ ।
वृष राशिका जातकले हल्ला वा अफवाहको पछि नलाग्न सुझाव दिइएको छ । पहिलेको सफलताले हौसला दिनेछ र नयाँ कामको प्रस्ताव आउनेछ । तर कमजोरीका कारण चिताएको काम रोकिन सक्छ, त्यसैले संयमता अपनाउनुपर्छ ।
मिथुन राशिका लागि समय अत्यन्त शुभ छ । परिश्रमको फलस्वरूप आम्दानीका स्रोत बढ्नेछन् । व्यापार, साझेदारी र सामाजिक काममा सफलता मिल्नेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ ।
कर्कट राशिका जातकले परिस्थिति अनुसार चल्न नसक्दा कठिनाइ भोग्न सक्ने छन् । सहयोगको नाममा अरूले आफ्नो कमजोरीको फाइदा उठाउन सक्छन् । सावधानीपूर्वक काम गर्नुपर्छ ।
सिंह राशिका लागि आजको दिन आत्मविश्वास र स्वास्थ्य बलियो रहनेछ । चुनौतीहरू पन्छाएर पनि सफलता हासिल गर्न सकिनेछ । सामाजिक नेतृत्व र मान–सम्मान प्राप्त हुने सम्भावना छ ।
कन्या राशिका जातकका लागि व्यस्तता बढ्नेछ तर शारीरिक कमजोरी महसुस हुन सक्छ । आकस्मिक खर्च बढ्ने सम्भावना छ । गोप्य कुरा फूट्नसक्ने भएकाले सतर्क रहनु आवश्यक छ ।
तुला राशिका लागि न्यायिक निर्णय र कानुनी विषयमा सफलता मिल्नेछ । पढाइ–लेखाइमा राम्रो नतिजा प्राप्त हुनेछ । थोरै लगानीबाट पनि मनग्य लाभ हुने योग छ । यात्राको अवसर पनि प्राप्त हुनेछ ।
वृश्चिक राशिका जातकले स्वास्थ्यमा ध्यान दिनुपर्नेछ । व्यापार–व्यवसायमा लगानी गर्न हतार नगर्न सुझाव दिइएको छ । अवसरवादीहरूले फाइदा उठाउनसक्ने भएकाले सजग रहनुपर्छ ।
धनु राशिका लागि हतारमा निर्णय गर्दा काम बिग्रन सक्छ । सामान्य कामका लागि पनि धेरै प्रयास गर्नुपर्नेछ । अरूका विषयमा बढी चासो लिँदा झमेला निम्तिन सक्छ ।
मकर राशिका जातकले घुमफिर र मनोरञ्जनमा समय बिताउने सम्भावना छ । आजको दिन खर्चिलो बन्नसक्छ । वचन पूरा गर्न नसक्दा आलोचना भोग्नुपर्ने हुन सक्छ, त्यसैले व्यवहारमा सावधानी अपनाउनुपर्छ ।
कुम्भ राशिका लागि समय शुभ छ । व्यावसायिक यात्रा र आम्दानीमा वृद्धि हुनेछ । नयाँ सवारी साधन प्राप्ति र प्रेम सम्बन्धमा सामीप्यता बढ्ने योग छ । बोलीकै भरमा काम बन्नसक्नेछ ।
मीन राशिका जातकका लागि सोचेका काममा ढिलाइ हुन सक्छ । पारिवारिक समस्या र आम्दानीमा अवरोध आउनेछ । तर आत्मविश्वास र धैर्यका साथ अघि बढेमा सफलता प्राप्त हुनेछ ।
ज्योतिषि डा. विवेकका अनुसार, “आज ग्रहगोचरको प्रभावले केही राशिका लागि अवसर र उपलब्धी ल्याउनेछ भने केहीले संयमता र आत्मनियन्त्रण आवश्यक देखिन्छ । आत्मविश्वासका साथ अघि बढ्नेहरूले सफलता पाउनेछन्।”
राशिफल जे जस्तो भए पनि, तपाईंको दिन शुभ रहोस् ।

