https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, कात्तिक १३ गते ।
धनुषा जिल्लाको मिथिला नगरपालिका–३ मधु पेट्रोल पम्प नजिक पूर्व–पश्चिम लोकमार्गमा भएको सवारी दुर्घटनामा एक वृद्धा महिलाको मृत्यु भएको छ।

प्रहरीका अनुसार, मिति २०८२ साल कार्तिक १३ गते साँझ करिब ६ बजे (१८:०० बजे) उक्त स्थानमा सवारी साधनको ठक्करबाट करिब ५५–६० वर्षकी अज्ञात वृद्धा महिला गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो।

तर चिकित्सकले प्रारम्भिक उपचारकै क्रममा उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ। मृतक महिलाको पहिचान खुलेको छैन।

इलाका प्रहरी कार्यालय ढल्केवर, धनुषाले उक्त वृद्धा महिलाको पहिचान गर्न सहयोग गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ।
पहिचानमा सहयोग गर्न चाहने व्यक्तिले निम्न नम्बरमा सम्पर्क गर्न सक्नेछन् –
📞 ९८५४०९००५३ / ९८५४०९०४०८

प्रहरीले दुर्घटनामा संलग्न सवारी साधन र चालकको खोजी कार्य जारी रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार