https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चितवन, कात्तिक १४ गते ।
चितवनको भरतपुर–९ स्थित टिकौली जंगलमा गएराति दुई यात्रुबाहक बस आपसमा ठोक्किँदा ३३ जना यात्रु घाइते भएका छन्। रौतहटको गौर र धनुषाको जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेका दुईवटा बस ठोक्किँदा ठूलो दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति करिब १ बजे रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश–३–०३–००१ख ०१२३ नम्बरको बस अगाडि रोकिएको ना६ख ८१३ नम्बरको ट्रकमा ठोक्किएपछि, सोही बसको पछाडिबाट जनकपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र.०३–००१ख ३९०२ नम्बरको बस ठोक्किँदै दुर्घटना भएको हो।

दुर्घटनामा दुवै बसका चालकसहित ३३ जना यात्रु घाइते भएका छन्। घाइतेहरुलाई तत्काल उद्धार गरी भरतपुरस्थित नयाँ मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अधिकांशको अवस्था सामान्य भए पनि केही यात्रु मध्यम घाइते छन्।

नयाँ मेडिकल कलेजमा रहेका घाइते

सार्थकबाबु क्षेत्री (२०, उदयपुर), सदाकत मियाँ (३९, धनुषा), नरेन्द्र शाह (५२, धनुषा), मुकेश कुमार केसरी (४१, रौतहट), समिर अन्सारी (१७, धनुषा), गीता देवी यादव (५०, महोत्तरी), कृष्ण कुमार साह (रौतहट), बसन्त झा (४६, धनुषा), मुकेश लाल कर्ण (४९, धनुषा), अन्जु कर्ण (३४, धनुषा), आरुष कर्ण (धनुषा), राम क्षेत्री (३७, महोत्तरी), अनिकेत कुमार साह (२०, रौतहट), आरभ मिश्र (११, रौतहट) र विधा चौधरी (१९, धनुषा) रहेका छन्।

नेशनल सिटी अस्पतालमा रहेका घाइते

आदित्य कुमार सिंह, रेखा सिंह, अञ्जली सिंह (धनुषा), सुनिल प्रसाद, सुभद्रा चौधरी, प्रिया जैशवाल, कृती जैशवाल (भारत मोतिहारी), आलोक कुमार राउत (धनुषा), मोनु कुमार महतो, गम्भिरादेवी ठाकुर, विजय साह, उर्मिला साह (रौतहट) र सुनिता मिश्र (रौतहट) छन्।

भरतपुर अस्पतालमा रहेका घाइते

राजकिशोर दास, राजु दास (रौतहट), महमद साहेब (भारत मोतिहारी), रोशी कुमार साह (रौतहट) र दिव्या चौधरी (धनुषा) छन्।

घटनापछि प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले संयुक्त रूपमा उद्धार कार्य गरेका थिए। दुवै बसको अगाडिको भाग चकनाचुर भएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार, तीव्र गति र अगाडि रहेको ट्रकसँगको दूरी नटोकिँदा दुर्घटना भएको अनुमान गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार