https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, कार्तिक १४ गते ।
महोत्तरीको जलेश्वरस्थित जलेश्वर प्रादेशिक अस्पतालमा ल्याइएका अत्याधुनिक डायलासिस मेशिनहरू सञ्चालनमा नआउँदै बिग्रिएका छन्। करिब दुई वर्षअघि सरकारी बजेटमार्फत खरिद गरिएका ती मेशिनहरू आजसम्म एकपटक पनि प्रयोगमा नआएका अस्पताल स्रोतले जनाएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विकास साहका अनुसार मेशिन सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति अभावका कारण सेवा सुरु हुन सकेको छैन। लामो समयसम्म मेशिन मर्मत र परीक्षण नगरी थन्क्याउँदा प्राविधिक समस्या देखिएको उनले जानकारी दिए।

स्थानीयवासीहरूले मधेस प्रदेश सरकार र अस्पताल प्रशासनको लापरवाहीका कारण लाखौं मूल्यका उपकरण नोक्सानीमा परेको भन्दै जिम्मेवार अधिकारीमाथि कारबाहीको माग गरेका छन्।

अस्पताल प्रशासनले भने डायलासिस मेशिन मर्मतका लागि पहल भइरहेको र जनशक्ति अभाव समाधान भएपछि सेवा सुरु गर्ने तयारी भइरहेको जनाएको छ।

जलेश्वरमा डायलासिस सेवा सञ्चालनमा नआएपछि मिर्गौला रोगीहरू जनकपुर वा भारतका निजी अस्पतालमा धाउन बाध्य भइरहेका छन्। स्थानीयले तत्काल मेशिन मर्मत गरी डायलासिस सेवा चाँडै सुरु गर्न प्रदेश सरकारलाई माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार