https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, कार्तिक १५ गते ।

देशभरको मौसम अस्थिर बनेपछि विभिन्न विमानस्थलमा उडान स्थगित गरिएको छ।

भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा शनिबार बिहानदेखि उडान रोकिएका हुन्। बाक्लो बादल र कम दृश्यताका कारण ती विमानस्थलहरूमा हवाई सेवा सञ्चालन गर्न नसकिएको विमानस्थल स्रोतले जनाएको छ।

मौसम प्रतिकूल बनेपछि माउन्टेन फ्लाइटहरू पनि रद्द गरिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र अरब सागरमा विकसित न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ।

यसका कारण कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भएको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदली छ।

त्यस्तै, बागमती प्रदेशका केही स्थानहरूमा र कोशी, मधेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार