https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महोत्तरीकाे गौशाला नगरपालिका–४ रजखोर (पछबरिया टोल) मा गौशाला बहु सांस्कृतिक कला केन्द्रको आयोजनामा समा चकेवा प्रतियोगिता हुन लागेको छ। आगामी मङ्गलबार, मिति २०८२ साल कात्तिक १८ गते बेलुका ६ बजेबाट सुरु हुने यस प्रतियोगितामा सम्पूर्ण टोलवासीहरूलाई आ–आफ्नो समूह बनाई परम्परागत विधि अनुसार समा चकेवा खेल्दै सहभागी हुन आग्रह गरिएको आयोजकले जनाएको छ।

परम्परागत संस्कृति र लोककला जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा उत्कृष्ट समूहहरूलाई पहिलो, दोस्रो र तेस्रो गरी क्रमशः नगद रु. ३,०००, २,००० र १,००० सहित प्रशंसापत्र प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुन इच्छुकहरूले मिति २०८२ साल कात्तिक १७ गते दिउँसो १० बजेभित्र सम्पर्क गर्न सक्नेछन्।
सम्पर्क नम्बर: ९८१७८७७७१८, ९८२४८९४४५६

आयोजक संस्था गौशाला बहु सांस्कृतिक कला केन्द्रका अनुसार कार्यक्रमले स्थानीय महिलाहरूबीच आपसी सद्भाव, मेलमिलाप र परम्परागत संस्कृतिप्रतिको लगावलाई थप सुदृढ पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार