https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


अजय मिश्रा
काठमाडौं, कार्तिक १६ गते ।
कपिलवस्तु समाजका एक प्रतिनिधिमण्डलले समाजका आजीवन सदस्य तथा कपिलवस्तु कृष्णनगर निवासी नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) उमा चतुर्वेदीलाई भेटी बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

भेटका क्रममा प्रतिनिधिमण्डलले कपिलवस्तु जिल्लाको समग्र सुरक्षा अवस्थामाथि चर्चा गर्दै इलाका प्रहरी कार्यालय चन्द्रौटालाई स्तरोन्नती गरी नायव उपरीक्षक (DSP) को दरबन्दी सहित सञ्चालन गर्नुपर्ने माग गरेको छ। साथै, जिल्लामा ५० देखि ६० जनासम्मको दरबन्दी रहेको दंगा नियन्त्रण बल (Riot Control Unit) स्थापना गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

प्रतिनिधिमण्डलका अनुसार कपिलवस्तुमा हाल कृष्णनगर र मर्यादपुर गरी दुईवटा प्रमुख भन्सार नाका रहेका छन्, जसले गर्दा जिल्लामा सुरक्षा व्यवस्थालाई थप सुदृढ पार्न दंगा गण अत्यावश्यक भएको बताइएको छ। छिमेकी जिल्ला दाङ र रुपन्देहीमा यस्ता गणहरू रहेको तर कपिलवस्तुमा नभएकाले तत्काल स्थापनाको माग गरिएको हो।

सो अवसरमा अतिरिक्त महानिरीक्षक चतुर्वेदीले प्रस्तुत माग र सुझावहरू सम्बन्धित निकायमा राख्ने प्रतिबद्धता जनाएकी छन्।

प्रतिनिधिमण्डलमा समाजका अध्यक्ष दीपक राजभण्डारी, उपाध्यक्ष आलोक तिवारी, सचिव बाबुराम भट्टराई, संरक्षक कालिका दवाडी, पूर्वअध्यक्ष दिगविजय मिश्र, रत्नाकर ज्ञवाली, अवधेश छिपी र अशोक ओझा उपस्थित थिए।

कपिलवस्तु समाज सन् २०४७ सालमा सामाजिक संस्था रूपमा काठमाडौंमा स्थापना भएको हो। यस संस्थाले कपिलवस्तु जिल्लाको सर्वाङ्गीण विकासका लागि नेपाल सरकारका विभिन्न निकायहरू तथा सरोकारवालाहरूसँग निरन्तर संवाद, सल्लाह र दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार