https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


राजेश सिंह
गाैशाला, कार्तिक १७ गते ।
रतौली युवा क्लब महोत्तरी र एक्सनएड नेपालको साझेदारीमा रामगोपालपुर नगरपालिकामा सञ्चालित “सुख्खा प्रभावित क्षेत्रमा ह्यान्डपम्प मार्फत सुरक्षित खानेपानी पहुँच विस्तार र कृषि प्रवर्द्धन कार्यक्रम” अन्तर्गत फिल्ड अनुगमन तथा समीक्षा बैठक सम्पन्न भएको छ ।

रतौली युवा क्लबका अध्यक्ष साकिर खानको अध्यक्षतामा सम्पन्न उक्त अनुगमन तथा समीक्षा कार्यक्रममा परियोजनाको हालसम्मको प्रगति, स्थानीय समुदायमा देखिएका परिवर्तन र आगामी योजना सम्बन्धी विस्तृत रुपमा छलफल गरिएको थियो ।

संस्थाका कार्यकारी निर्देशक वैधनाथ चौधरीले कार्यक्रममा सम्बोधन गर्दै भने, “रतौली युवा क्लबले एक्सनएड नेपालको सहकार्यमा सुख्खा प्रभावित क्षेत्रमा खानेपानी र कृषि दुवै क्षेत्रमा ठोस काम गर्न सफल भएको छ । स्थानीय समुदायमा देखिएको परिणाम हाम्रो सामूहिक प्रयासको फल हो । अबको चरणमा हामी यी कार्यक्रमलाई अझ दिगो र प्रभावकारी बनाउन समुदायकै सहभागितामा अगाडि बढ्नेछौं ।”


उहाँले स्थानीय निकाय र सरोकारवालाहरूको निरन्तर सहयोग बिना विकासका कार्यक्रम दीगो हुन नसक्ने भन्दै, सहकार्य र समन्वयलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता पनि जनाए ।

संस्थाका अध्यक्ष साकिर खानले फिल्डमा देखिएका उपलब्धिहरू र चुनौतीबारे सुझाव राख्दै, कृषक समूहहरूको सीप अभिवृद्धि, बजार पहुँच र प्राविधिक सहयोगमा अझ ध्यान दिनुपर्ने निष्कर्ष निकालेका थिए ।


परियोजना संयोजक अविनाश कुमार महतोका अनुसार, कार्यक्रमअन्तर्गत कृषक समूहहरूलाई तरकारीका बिउविजन वितरण, बेर्ना उत्पादन, जैविक खेतीका सीप, सरसफाइ र शिक्षामा पहुँच सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । उनले भने, “प्रशिक्षणपछि स्थानीय कृषकहरूमा आत्मविश्वास बढेको छ, उत्पादनमा सुधार आएको छ र समुदायमा सकारात्मक परिवर्तन देखिएको छ ।”

अनुगमन टोलीले रामगोपालपुर नगरपालिकाका विभिन्न बस्तीहरूमा पुगेर ह्यान्डपम्प स्थापना स्थल र कृषक समूहको कार्यक्षेत्रको प्रत्यक्ष अवलोकन समेत गरेको थियो ।


कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक : बैधनाथ चौधरी, संस्थाकाे अध्यक्ष : साकिर खान, कोषाध्यक्ष : गुन्जा ठाकुर, सदस्य : शम्भु प्रसाद सिंह, कार्यक्रम संयोजक : अविनाश कुमार महतो, फाइनान्स अफिसर राम भरोशी यादव, परियोजना अधिकृत अभिषेक दुबे, सव-इन्जिनियर प्रभाष रजक लगायतका पदाधिकारीहरूले सहभागिता रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार