https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


अजय मिश्रा
कपिलवस्तु, कार्तिक १७ गते ।
कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको शान्ति पुनर्स्थापना गृह शाखाले आर्थिक वर्ष २०८१/०८२ को सामाजिक लेखा परीक्षण सम्पन्न गरेको छ ।

कृष्णनगरस्थित होटल दरबारमा आयोजित कार्यक्रममा शाखाले परामर्श, उद्धार, पारिवारिक पुनर्मिलन तथा विभिन्न अभियानसम्बन्धी वार्षिक गतिविधि सार्वजनिक गरेको हो ।

शान्ति पुनर्स्थापना गृह कपिलवस्तु शाखाका प्रमुख दिनेश तिमिल्सिनाका अनुसार चालु आर्थिक वर्षमा ७५३९ जनालाई परामर्श सेवा प्रदान गरिएको छ भने ३७३ जनाको उद्धार गरिएको छ। त्यसैगरी मानव बेचविखनसम्बन्धी ५ वटा मुद्दा दर्ता भएको पनि जानकारी दिइयो ।

राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईका अनुसार कपिलवस्तु जिल्लामा गृहले कृष्णनगर शाखा साथै मर्यादपुर, चाकरचौडा र चन्द्रौटा सम्पर्क कार्यालयमार्फत आफ्नो कार्य सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा प्रमुख अतिथि रहनुभएका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले खुला सीमाबाट हुने मानव बेचविखन रोक्नका लागि सरोकारवाला निकायहरूबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री अर्जुन केसी, प्रहरी उपरीक्षक सन्तोष आचार्य, उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्मा, गैसस प्रदेश अध्यक्ष सुशिला बेलबासे, महादेव पोखरेल, उपप्रमुख शिवकुमारी थारु, जिल्ला समन्वय समिति पदाधिकारी, वडाध्यक्ष कृष्णकुमार गुप्ता, जनप्रतिनिधि, समाजसेवी, पत्रकार र सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार