https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, कार्तिक १७ गते ।
मिथिला संस्कृतिको पहिचान र संरक्षणलाई बलियो बनाउने उद्देश्यले जनकपुरधाममा आयोजना गरिएको सामाचकेवा महोत्सव–२०८२ आइतबार जानकी मन्दिरको प्राङ्गणमा सम्पन्न भएको छ।

मैथिली विकास कोषको आयोजनामा सम्पन्न महोत्सवमा देशका विभिन्न जिल्ला तथा क्षेत्रबाट आएका १४ समूहका महिलाहरूले सामा गीत र परम्परागत नृत्य प्रस्तुत गर्दै मिथिला संस्कृतिको झल्को दिएका थिए।

कार्यक्रमका क्रममा महिलाहरूले माटाका पुत्ला, दीप र रंगोलीसहित पारम्परिक पोशाकमा सजिएर सामा गीत गाएका थिए, जसले सम्पूर्ण वातावरणलाई सांस्कृतिक र उत्साहपूर्ण बनाएको थियो।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले सामाचकेवा पर्व मिथिला संस्कृतिको गहिरो चिनारी भएको बताउँदै भने,

“सामा केवल पर्व होइन, यो हाम्रो सांस्कृतिक सम्पदा हो। नयाँ पुस्ताले यसलाई आत्मसात् गर्न र यसको अर्थ बुझ्न सकून् भन्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।”

उनका अनुसार पुरानो परम्परागत संस्कृतिलाई पुनर्जीवित गर्ने, महिलाहरूलाई सशक्त बनाउने र समुदायमा सहकार्यको भावना बढाउने महोत्सवले महत्वपूर्ण भूमिका खेलेको छ।

साँझको समयमा दियो बाल्दै, सामा गीतका धुनमा महिलाहरू नाचेका दृश्यले जनकपुरधामको वातावरण रमाइलो र रंगीन बनेको थियो।

स्थानीय बासिन्दा र आगन्तुकहरूले सामेल टोलीहरूको स्वागत गर्दै परम्परागत गीत–संगीत र नृत्यको आनन्द लिएका थिए।

मिथिलाञ्चलमा दशकौँदेखि मनाइँदै आएको सामाचकेवा पर्व दिदी–बहिनी र दाजुभाइबीचको सम्बन्ध सुदृढ गर्ने पर्वका रूपमा परिचित छ।
यसले समाजमा ममता, सहकार्य र सांस्कृतिक एकताको सन्देश फैलाउने कार्य गर्दै आएको छ।

महोत्सवले नयाँ पुस्तामा मिथिला संस्कृतिप्रति अभिमान र जागरूकता बढाउने काम गरेको आयोजक पक्षको विश्वास छ।

प्रतिक्रिया

सम्बन्धित समाचार