https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, कार्तिक १७ गते ।
शिक्षाको अधिकार र सामुदायिक विद्यालयमा देखिएका समस्या समाधानका लागि महोत्तरीको बर्दिबास नगरपालिका–१३, बिजलपुरास्थित श्री जनता माध्यमिक विद्यालय डाडाटोल बिजलपुरामा शिक्षक, अभिभावक र विद्यार्थीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

पूर्व विद्यार्थी मञ्चको आयोजनामा भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिदेव महतोले विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएको र अनुशासन कमजोर हुँदै गएको कारण शैक्षिक वातावरण सहज बनाउन सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले विद्यालयमा पर्ने कठिनाइहरूबारे आफ्ना अनुभव पनि बाँडे । कक्षा १२ की विद्यार्थी करिना राउतले कतिपय अभिभावकले सरसफाइमा ध्यान नदिई बालबालिकालाई विद्यालय पठाउने गरेको बताइन्। उनले सामुदायिक विद्यालयमा सरकारले सुविधा प्रदान गरे पनि स्थानीय तहको पर्याप्त ध्यान नपुगेको गुनासो गरिन् । त्यस्तै विद्यार्थी चन्द्रिका कुमारी सिंहले विद्यालयमा प्रयोगात्मक कक्षा नहुने, शौचालय फोहोर हुने र गृहकार्य परीक्षणमा कमी हुने समस्या रहेको बताइन् ।

स्थानीय युवा समाजसेवी ठकाइ महतोले विद्यालयमा नियमित अनुगमन आवश्यक रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रसँग सम्बन्धित निकायहरूलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरे। उनले विद्यालयमा साबुनदेखि स्वास्थ्य सामग्री अभाव रहेको र कतिपय शिक्षकहरूले पढाइप्रति रुचि नदेखाएको पनि औंल्याए ।

कार्यक्रमका प्रमुख अतिथि प्रोफेसर सत्यनारायण आलोकले शिक्षाको अधिकारसँगै कर्तव्य पनि जोडिएको बताउँदै विद्यार्थी, शिक्षक र अभिभावक सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

अन्तरक्रियामा सहभागीहरूका अनुसार यस्तो प्रकारको कार्यक्रमले विद्यालय, विद्यार्थी र अभिभावकबीचको समन्वय बलियो बनाउँदै शिक्षाको गुणस्तर सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार