https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, कात्तिक १८ गते ।
नेपालमा पुनः पश्चिमी वायुको आंशिक प्रभाव देखा परेको छ। उक्त प्रभावका कारण देशका केही भागमा आगामी दुई दिनसम्म वर्षासहित हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतः सफा रहेको छ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहने र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपात हुन सक्ने अनुमान गरिएको छ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा पनि हल्का वर्षा हुने सम्भावना रहेको छ।

आज राति पनि देशका पश्चिमी र मध्य पहाडी भूभागमा बदली रहने र गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रहरूमा मध्यम वर्षासहित हिमपात हुने सम्भावना महाशाखाले जनाएको छ।

विशेषगरी पश्चिमी र मध्य पहाडी जिल्लाहरूका किसान र यात्रुहरूलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
हावाको यो प्रभाव क्रमशः कमजोर हुँदै जाने अनुमान भए पनि उच्च हिमाली क्षेत्रहरूमा तापक्रम घट्ने र हिउँ पर्ने क्रम जारी रहने सम्भावना रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार