https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, कार्तिक १८ गते ।
महोत्तरीको गौशाला नगरपालिका – ४ स्थित रजखाेरमा बहु सांस्कृतिक कला केन्द्रद्वारा हिजो मिति २०८२ कार्तिक १८ गते आयोजना गरिएको प्रथम समा चकेवा प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

प्रतियोगितामा बिर्ता थारू समूहले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गरेको छ। त्यसैगरी, द्वितीय स्थानमा आयोजक रजखोर समूह र तृतीय स्थानमा देवनारायण (A) टिम रहेका छन्।

विजेता समूहहरूलाई नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरिएको थियो । प्रथम टिमलाई नगद रू ४५००, सिल र प्रमाणपत्र, द्वितीय टिमलाई नगद रू ३०००, सिल र प्रमाणपत्र र तृतीय टिमलाई नगद रू १५००, सिल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमको उद्देश्य परम्परागत समा–चकेवा खेल तथा मैथिली संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नु रहेको केन्द्रका अध्यक्षले बताए। प्रतियोगिताले स्थानीय समुदायमा सांस्कृतिक एकता, सौहार्द र महिलाको सहभागिता अभिवृद्धि गरेको सहभागीहरूले प्रतिक्रिया दिएका छन्।

गौशाला बहु सांस्कृतिक कला केन्द्रले आगामी वर्ष पनि प्रतियोगितालाई अझ भव्य रूपमा आयोजना गर्ने तयारी गरिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार