https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, कात्तिक १८ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो पार्टीको झण्डामा रहेको पाँच कुने तारा अरू कुनै दलले प्रयोग गर्न नपाउने स्पष्ट चेतावनी दिएको छ।

मंगलबार जारी गरिएको विज्ञप्तिमा पार्टीका प्रवक्ता मनीष सुमनले जसपा नेपालको झण्डामा रातो पृष्ठभूमिमा अंकित पाँच कुने तारा रहेको उल्लेख गर्दै त्यसलाई अन्य दलले चुनाव चिह्न वा प्रतीकको रूपमा प्रयोग गर्न खोजिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ का प्रावधानहरू विपरीत जनता समाजवादी पार्टी, नेपालको झण्डामा प्रयोग हुने पाँच कुने तारालाई अन्य कुनै दलले प्रयोग गर्न नपाउँनु हाम्रो कानूनी अधिकार हो। निर्वाचन आयोगले पनि यसबारे ध्यान दिनुपर्छ।’’

जसपा नेपालको झण्डामा गोल घेराभित्र पाँच कुने तारा र त्यस भित्र मुठ्ठी कसेको हात अंकित छ, भने पार्टीको चुनाव चिह्न ढल्केको छाता हो।

उता, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका नौ कम्युनिस्ट घटकबीच एकता गरेर बन्न लागेको नयाँ नेपाली कम्युनिस्ट पार्टीले पाँच कुने तारा चुनाव चिन्हका रूपमा प्रयोग गर्ने तयारी गरेको खबर सार्वजनिक भएको छ, जसले जसपा र उक्त एकीकृत दलबीच प्रतीक सम्बन्धी विवाद चर्किने संकेत देखाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार