https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


ललितपुर, कार्तिक १९ गते ।
जनता समाजवादी पार्टी (जसपा), नेपालको केन्द्रीय समिति बैठक आज सुरु भएको छ। बैठकमा पाँच मुख्य कार्यसूचीहरूमा छलफल गरी विभिन्न निर्णयहरू गरिएको बताइएको छ ।

कार्यसूचीमा राजनीतिक प्रतिवेदन तथा प्रस्तावहरू प्रस्तुत गर्ने, सङ्गठनात्मक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा लेखा आयोगको प्रतिवेदन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन र जिम्मेवारी तोक्ने विषयहरू साथै विविध प्रस्तावहरू समावेश गरिएको थियो।

बैठकमा पार्टीका अध्यक्षसहित वरिष्ठ नेताहरूले सम्बोधन गर्दै जसपा नेपालको वैचारिक दिशा, सङ्घीयता सुदृढीकरण, सुशासन प्रवर्द्धन र सामाजिक न्याय स्थापनामा पार्टीको अग्रणी भूमिका रहेको स्पष्ट पारेका छन्।

बैठकले पार्टी संगठनलाई सबै तहमा सुदृढ बनाउने, आगामी निर्वाचनका तयारी अघि बढाउने र देशमा स्थायी राजनीतिक स्थिरता कायम गर्नका लागि सहकार्यका ढोका खोल्ने निर्णय गरेको छ।

स्रोतका अनुसार, जसपाले अब आन्तरिक एकता, नीति स्पष्टता र जनस्तरमा पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढ्ने रणनीति तय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार