https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजधानी टुडे संवाददाता

सर्लाही, कात्तिक २३ गते ।
सर्लाहीको हरिपुर नगरपालिका–१ लाई बालविवाहमुक्त वडा घोषणा गर्ने अभियान अन्तर्गत बिहीबार एक साइकल र्याली निकालिएको छ।

उक्त र्यालीको आयोजना ग्रामीण नारी उत्थान संघ, सेभ द चिल्ड्रेन र वडा कार्यालयको संयुक्त पहलमा गरिएको हो। र्याली हरिपुर–१ को नयाँ बजार, स्कुलटोल, हनुमानचोक, डाँडाटोल, पाँच नं. टोल र बाहुन टोल हुँदै हजारबिघा बजारसम्म पुगेर कोणसभामा परिणत भएको थियो।

कार्यक्रमका क्रममा सहभागीहरूले बालविवाह नगर्ने र रोक्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै समाजमा सचेतना फैलाउने संकल्प गरेका थिए।

र्यालीमा वडाभित्रका हरिहर बाल समूह, पञ्चतारा बाल समूह र वडा स्तरीय बाल सञ्जालका बालबालिका, विद्यालयका प्रधानाध्यापक, शिक्षक, राजनीतिज्ञ, बुद्धिजीवी, समाजसेवी, विद्यार्थी तथा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो।

समुन्नति परियोजनाका वरिष्ठ परियोजना संयोजक दीपक भण्डारीले बालविवाह अन्त्यका लागि समुदायको सशक्त सहभागिता आवश्यक रहेको भन्दै अभियान निरन्तर चलाइने जानकारी दिए।

त्यसैगरी वडाध्यक्ष नानीबाबु थापाले हरिपुर–१ लाई पूर्णरूपमा बालविवाहमुक्त वडा घोषणा गर्न सबै निकायले मिलेर काम गरिरहेको र अभियानलाई दीर्घकालीन बनाइने बताए।

ग्रामीण नारी उत्थान संघका सचिव सूर्यप्रसाद चालिसेले हरिपुर र ईश्वरपुर नगरपालिकाका विभिन्न वडामा पनि बालविवाहमुक्त अभियान विस्तार भइरहेको उल्लेख गरे। उनका अनुसार संस्था र सेभ द चिल्ड्रेनबीचको सहकार्यमा निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार