https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गौशाला, कार्तिक २४ गते ।
महोत्तरीको गौशाला नगरपालिका–१२ पररियामा कमला सिचाइ आयोजनाका दुईवटा ट्रान्सफर चोरी गर्ने प्रयास भएको छ। यस घटनाले स्थानीय किसानहरूमा ठूलो चिन्ता उत्पन्न भएको छ।

स्थानीय किसानहरूले आफ्नो खेतमा सिचाइका लागि ट्रान्सफरमार्फत बिजुली प्रयोग गर्दै आएका छन्। तर पछिल्ला केही महिनादेखि यस क्षेत्रमा सिचाइका मोटर र ट्रान्सफर चोरी तथा तोडफोडका घटना बढ्दै गएका छन्, जसले स्थानीय सुरक्षाप्रति प्रश्न उठाएको छ।

घटना स्थलअनुसार, चोरी प्रयासमा संलग्न समूहले कान्ती बजार डिप टुवेल जल उपभोक्ता समिति र मरलहिया डिप टुवेल जल उपभोक्ता समितिको बोर्डिङमा रहेको ट्रान्सफरको फ्युज, मिटरको तार र अर्थिङ काटेर फ्याँक्ने प्रयास गरेका थिए। त्यस्तै, ट्रान्सफर निकाल्ने प्रयास पनि भएको थियो। तर कान्ती बजार डिप टुवेल जल उपभोक्ता समितिद्वारा संचालित बोर्डिङका अपरेटर जितेन्द्र यादवले निगरानी बढाएपछि उनीहरू सफल हुन सकेनन् ।



स्थानीय बासिन्दाले रातको समयमा असामान्य गतिविधि देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थलमा पुगेको बेला चोरहरू फरार भइसकेका थिए।

घटनापछि किसानहरूले कान्ती बजार डिप टुवेल जल उपभोक्ता समितिका अध्यक्ष राम आशिष सिंह र मरलहिया डिप टुवेल जल उपभोक्ता समितिका अध्यक्ष दिलिप महताेले सिचाइमा अवरोध आउन सक्ने चिन्ता व्यक्त गर्दै सम्बन्धित निकायहरूलाई विद्युत् उपकरणहरूको सुरक्षा तुरुन्तै बढाउन आग्रह गरेका छन्। त्यस्तै गरि स्थानीयहरूले निगरानी टोली गठन गर्ने तयारी पनि थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार