https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


राजेश सिंह
गौशाला, कार्तिक २४ गते ।
सेभ द चिल्ड्रेन र सामुदायिक विकास तथा पैरवी मञ्च नेपालकाे साझेदारीमा तथा गाैशाला नगरपालिकाकाे समन्वयमा संचालनमा रहेको समुन्नति कार्यक्रम अन्तर्गत SMART अन्तरक्रियात्मक बोर्ड नगरपालिका–२ स्थित श्नी बाल कल्याण आधारभूत विद्यालय निगौल ठाकुरमा हस्तान्तरण गरेको छ ।


हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख डा. महतोले विद्यालयमा दलित समुदायका विद्यार्थीहरुको संख्या बढी भएकोले स्मार्ट बाेर्ड यसै विधालयलाई हस्तान्तरण गर्न समन्वय गरेको बताए । उहाँले SMART बोर्डको सहयोगले विद्यार्थीहरूलाई सृजनात्मक र अन्तर क्रियात्मक सिकाइमा सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्दै, शिक्षक, विद्यार्थी र अभिभावकले यस उपकरणको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । साथै, उहाँले SMART बोर्ड सञ्चालनका लागि आवश्यक पर्ने इन्वर्टर व्यवस्थापन नगरपालिका द्वारा मिलाइने पनि स्पष्ट पार्नुभयो ।


संस्थाका अध्यक्ष नागदेव यादवले जानकारी दिनुभयो कि चार थान SMART बोर्डको कुल मूल्य १०,७६,१६१.१६ रुपैयाँ रहेको छ, जसमा प्रत्येक बोर्डको लागत २,६९,२६२.५४ रुपैयाँ पुगेको छ। उहाँले SMART बोर्डको नियमित मर्मत, प्रशिक्षण र प्रयोगमा शिक्षक तथा विद्यालय प्रशासनको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।


यस पहलले केवल प्रविधिको पहुँच मात्र बढाएको छैन, विद्यालयका विद्यार्थीहरूमा सिकाइमा उत्साह, ध्यान केन्द्रित गर्ने क्षमता र सिर्जनात्मकता विकास गर्न समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । नगरपालिका र संस्थाले आगामी दिनमा यस्ता सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।


यस कार्यक्रमको मुख्य उद्देश्य शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढाएर शिक्षण गुणस्तर सुधार गर्नु र विद्यार्थीहरूलाई आधुनिक शिक्षण उपकरण मार्फत सिकाइमा सहजता प्रदान गर्नु रहेको छ ।


हस्तान्तरण कार्यक्रममा नगरप्रमुख डा. दिपेन्द्र महतो प्रमुख अतिथि तथा संस्थाका अध्यक्ष श्री नागदेव यादव, नगरपालिका प्रशासन प्रमुख मिश्रिलाल यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम खेलाउन चौधरी, प्र.अ. जय नारायण महतो, शिक्षक तथा संस्थाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।



प्रतिक्रिया

सम्बन्धित समाचार