https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, कार्तिक २४ गते ।

मधेश प्रदेशमा संविधान र संघीयताको भावना विपरीत गैरसंवैधानिक कदम चालिएको आरोप लगाउँदै जनता समाजवादी पार्टी (जसपा) नेपालले घोर आपत्ति जनाएको छ।

जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहका अनुसार, स्वास्थ्य उपचारका लागि प्रदेश बाहिर निस्किएकी मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधान र कानुनी मर्यादाको उल्लङ्घन गर्दै सिन्धुली–महोत्तरी सीमास्थित एक होटेलमा गुप्त रूपमा सरकार गठनको प्रक्रिया अघि बढाएको आरोप लगाएका छन्।

सचिव साहले दाबी गरे, “राति ४ बजे उपचारका लागि विदा लिएर हिँडेकी भनिएकी प्रदेश प्रमुखले केही घण्टामै एमालेका प्रदेशसभा सदस्य **सरोज यादवलाई मुख्यमन्त्रीको रूपमा शपथ दिलाउँदै मधेश प्रदेशको अस्मिता र संघीयताको चीरहरण गरेकी छन्।”

उनले थपे, “यो घटनाले न केवल संविधान र संघीयताको अपमान गरेको छ, बरु मधेश प्रदेशको सम्मान र आत्मसम्मानमाथि गम्भीर आघात पुर्‍याएको छ। यस्तो घृणित र गैरसंवैधानिक कार्यको जसपा नेपाल घोर निन्दा र भत्सर्ना गर्दछ।”

सचिव साहले “होटलमा बनेको सरकार स्वीकार्य छैन” भन्दै चेतावनी दिए कि संविधानको खिल्ली उडाउनेहरूले जनताको कठोर निर्णय भोग्नु पर्नेछ।

जसपा नेपालले सबै लोकतान्त्रिक शक्तिहरूलाई संघीयता, संविधान र मधेशको पहिचान तथा अस्मिता जोगाउने अभियानमा एकजुट हुन आह्वान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार