https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


राजेश सिंह/राजिव राय
गाैशाला, कार्तिक २४ गते ।
महोत्तरीको गाैशाला नगरपालिकामा सञ्चालित सेभ द चिल्ड्रेन र सामुदायिक विकास तथा पैरवी मञ्च नेपालको साझेदारी तथा गाैशाला नगरपालिकाका सहकार्य तथा समन्वयमा सञ्चालित समुन्नति कार्यक्रम अन्तर्गत जीविकोपार्जन कार्यक्रमको अनुगमन स्थानीय सरकारका पदाधिकारी र साझेदार संस्थाका प्रतिनिधिहरूले संयुक्त रूपमा अनुगमन गरेका छन् ।

अनुगमन टोलीमा गाैशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतो, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर अधिकारी, प्रशासन प्रमुख मिश्रिलाल यादव, कृषि शाखा प्रमुख कमलेश यादव, वडा नं. ११ का वडा अध्यक्ष रामपृत महतो, वडा नं. १२ का वडा अध्यक्ष कुशेश्वर सिंह कुशवाहा, साथै सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादव लगायत संस्थाका प्रतिनिधि तथा विषय विशेषज्ञहरुकाे सहभागी थिए ।


गाैशाला नगर प्रमुख डा. दिपेन्द्र महतोले अनुगमनपछि भने “यो कार्यक्रमले नगरपालिकाका विपन्न परिवारहरूमा आत्मनिर्भरता र व्यवसायिक सोच विकास गरेको छ । अब हामी यसलाई जलवायु–स्मार्ट कृषिको मोडेलमा रूपान्तरण गर्दै दिगो विकासतर्फ लैजानेछौं ।”


त्यसैगरि संस्थाका अध्यक्ष नागदेव यादवले पनि किसानहरूको सक्रियता र महिलाको सहभागिताप्रति सन्तोष व्यक्त गर्दै संस्थाकाे तर्फबाट बजार व्यवस्थापन, सिँचाइ विस्तार र कृषि उपकरण सहयोगका लागि निरन्तर समर्थन जारी रहने बताए ।


अध्यक्ष यादवले कार्यक्रमको दिगोपनाका लागि स्थानीय सरकार, निजी क्षेत्र र समुदायबीच अझ नजिकको सहकार्य र तालमेल आवश्यक रहेको बताए । आगामी दिनमा यस कार्यक्रम मार्फत व्यावसायिक तरकारी खेतीलाई नमूना मोडेलका रूपमा विकास गर्ने, किसानलाई उद्यमशीलता तालिम र वित्तीय साक्षरता प्रदान गर्ने योजना अघि सारिएको अध्यक्ष यादवले बताए ।


बाल–संवेदनशील जीविकोपार्जन कार्यक्रम अन्तर्गतको अनुगमन

सञ्चालित समुन्नति कार्यक्रम अन्तर्गतको बाल–संवेदनशील जीविकोपार्जन पहलमा केन्द्रित थियो । कार्यक्रमको उद्देश्य गाैशाला नगरपालिकाका अति विपन्न, दलित र आर्थिक रूपमा पछाडि परेका समुदायका परिवारहरूलाई आर्थिक रूपमा सक्षम बनाउँदै बालबालिकाको शिक्षा, स्वास्थ्य र स्याहारमा सुधार ल्याउने रहेको छ।

कार्यक्रम अन्तर्गत विभिन्न टोल र वडामा कृषक समूहहरू गठन गरी उनीहरूलाई सीप अभिवृद्धि, उपकरण सहयोग र उत्पादनको बजार पहुँचमा सशक्त बनाउने कार्य भइरहेको छ । अनुगमन टोलीले स्थानीय किसानहरूसँग प्रत्यक्ष संवाद गरी तिनका अनुभव, चुनौती र आगामी योजनाबारे जानकारी लिएको थियो ।

कान्तिबजार मिश्रित किसान समूहको प्रगति

अनुगमन टोलीले विशेष रूपमा गाैशाला–१२ स्थित कान्तिबजार मिश्रित किसान समूहको कार्यप्रगति अवलोकन गरेको थियो । समूहले १.५ वर्षको अवधिमा विभिन्न उत्पादन र पूर्वाधारमा उल्लेखनीय प्रगति गरेको छ। समूहले हालसम्म जग्गा भाडा, सिँचाइ मीटर, मोटर पम्प, जग्गा जोत्ने काम, बिउ र मल सहयोग तथा सिँचाइ गोठ निर्माणमा गरेर कुल रु. ६ लाख ८७ हजार ८ सय ५९ रुपैयाँ खर्च गरेको जनाएको छ ।

उता, १९ जना सदस्य कृषकहरूले संयुक्त रूपमा तरकारी उत्पादनबाट हालसम्म रु. ७,२४,००० आम्दानी गरेको समूहका सचिवले जानकारी दिए । उक्त तथ्याङ्क आय तथा ट्र्याकिङ शीटका आधारमा प्रमाणित गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार