https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, कार्तिक २४ गते ।
सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, बर्दिबासले सेभ द चिल्ड्रेनको साझेदारी र नेशनल इन्स्टिच्युट अफ फुड स्टडीज एण्ड अपरेशन प्रा.लि.को प्राविधिक सहकार्यमा सञ्चालन गरेको कमर्शियल कुक तथा बेकरी सीपमूलक तालिम सम्पन्न भएको छ ।

यो तालिम सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा गौशाला र बर्दिबास नगरपालिकाको सहकार्य र समन्वयमा सञ्चालित समुन्नति कार्यक्रम अन्तर्गतको बाल–संवेदनशील जीविकोपार्जन कार्यक्रम मार्फत आयोजना गरिएको हो ।

कार्यक्रमको उद्देश्य अति विपन्न तथा दलित समुदायका परिवारहरूको बालबालिकाको शिक्षा, स्वास्थ्य र स्याहारमा सुधार ल्याउने र उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सीप प्रदान गरेको पैरवी मञ्च नेपालका अध्यक्ष : नागदेव यादवले जानकारी दिनुभयो ।

तालिमको समापन अवसरमा जिविकोपार्जन अधिकृत श्री ईरफान शेषले तालिमका उपलब्धि र प्रभावबारे जानकारी गराउँदै सहभागिहरूले सिकेका सीपलाई व्यवहारमा उतार्न सकेमा सामुदायिक आर्थिक सशक्तिकरणमा ठुलो योगदान पुग्ने विश्वास व्यक्त गरे ।

गत साउन १६ गतेदेखि कार्तिक २१ गतेसम्म (३५० घण्टा) सञ्चालन गरिएको सो तालिम बर्दिबास नगरपालिका–१, महोत्तरीमा सम्पन्न भएको हो । तालिममा दलित ६ जना, जनजाति ९ जना र मधेसी ५ जना गरी कुल २० जना सहभागि रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार