https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र मधेश प्रदेश सरकारको संयुक्त सहयोगमा ६३ लाखको लागतमा भवन निर्माण


गाैशाला, कार्तिक २४ गते ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत मटिहानी नगरपालिका–८ स्थित श्री राम माध्यमिक विद्यालयमा निर्माण सम्पन्न चार कोठे पक्की भवनको आज एक विशेष समारोहका बीच मटिहानी नगर प्रमुख श्री हरि प्रसाद मण्डलले उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख मण्डलले शिक्षा क्षेत्रको गुणस्तर सुधार नगरी भविष्यको जग बलियो नहुने उल्लेख गर्दै भन्नुभयो, “नगरपालिकाले भौतिक पूर्वाधारसँगै सिकाइमा सुधार, विद्यार्थीमैत्री वातावरण र विद्यालयको समग्र विकासमा निरन्तर लगानी गर्दै आएको छ। यस्तो भवन निर्माणले विद्यार्थीको सिकाइ सहज र प्रभावकारी बनाउने विश्वास लिएको छु ।”


उक्त भवन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट रु. ४५ लाखमधेश प्रदेश सरकारको विशेष अनुदानबाट रु. १८ लाख गरी जम्मा रु. ६३ लाखको लागतमा निर्माण गरिएको हो। भवन निर्माणका प्राविधिक दिनेश साहका अनुसार भवन तोकिएको समयसीमाभित्र गुणस्तरीय रूपमा सम्पन्न गरिएको हो ।


समारोहमा जिल्ला समन्वय समिति महोत्तरीका सदस्य रामलखन पंजियार, वडा नं. ६, ७ र ८ का वडाध्यक्ष क्रमशः कलीम अंसारी, जितनारायण माझी र रितेश साह, कार्यपालिका सदस्यहरू, पूर्व वडाध्यक्ष गणेश प्रसाद साह, लोसपा नेपालका श्याम कुमार मण्डल, नेपाली कांग्रेसका बैजनाथ मण्डल, नेकपा एमालेका जुगेश्वर खतवे, नेकपा माओवादी केन्द्रका राजकिशोर मण्डल र उमाशंकर साह, महोत्तरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मोहन गुप्ता, उपाध्यक्ष पवन कुमार साह लगायतको उपस्थिति रहेको थियो ।


त्यसैगरी श्री राजकीय संस्कृत माध्यमिक विद्यालयका प्राचार्य ईश्वरी पौडेल, श्री राम मा.वि. मटिहानीका प्राचार्य श्रीश कुमार मिश्र, समाजसेवी बिन्देश्वर नायक, पूर्व कर्मचारी राम नारायण सहनी, बरुण मण्डल, कैलाश ठाकुर, पूर्व शिक्षक राजेश्वर मण्डल, विश्वनाथ यादव, व्यवसायी महेश साह, साथै विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।


कार्यक्रममा सहभागी स्थानीयवासीहरूले विद्यालयको नयाँ भवनले विद्यार्थीहरूको सिकाइ वातावरणमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार