जनकपुरधाम, कार्तिक २५ गते ।
कोशी प्रदेशभर कार्यरत बालअधिकारका क्षेत्रमा कृयाशील संस्थाहरूले आपसी सहकार्य र समन्वयका लागि साझा सञ्जाल “कोशी नेटवर्क अफ अर्गनाइजेसन्स वर्किङ इन द फिल्ड अफ चाइल्ड राइट्स (CRNet–Koshi)” गठन गरेका छन्।
संखुवासभास्थित माट्स नेपालको संयोजकत्वमा गठन गरिएको सो सञ्जालमा प्रदेशका १४ जिल्लाका संस्थाहरू सदस्य रहेका छन्। सञ्जाललाई सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशमा दर्ता गरिने भएको छ।
नवगठित तदर्थ समितिमा ईसिडीएफ (ताप्लेजुङ), हुकुडेक (पाँचथर), हुर्फ नेपाल (ईलाम), महिला जनचेतना केन्द्र (झापा), LCWS (मोरङ), वाईडिसी (सुनसरी), नेस्पेक (उदयपुर), जनसेवा समाज (खोटाङ), देउराली सोसाइटी (तेह्रथुम), सामुदायिक विकास मञ्च (धनकुटा) र SODA (भोजपुर) सदस्य रहेका छन्।
तदर्थ समितिले सञ्जाल दर्ताका सम्पूर्ण प्रक्रिया तीन महिनाभित्र पूरा गरी विधिवत रूपमा उद्घाटन गर्ने निर्णय गरेको छ।

