https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

नरेन्द्र महताे

सम्सी, कार्तिक २५ गते ।
महोत्तरीको सम्सी नाका पछिल्ला दिनमा गाई तस्करीको मुख्य केन्द्रका रूपमा परिचित बन्दै गएको छ। स्थानीय स्रोतका अनुसार रातको समयमा नियमित रूपमा गाई तस्करी भइरहेको छ।

तस्करहरूले पहाडी जिल्लाबाट गाई संकलन गरी सम्सी नाकामार्फत भारतका सहरहरूमा पु-याउने गरेको बताइएको छ। अहिले भारतको बिहार राज्यमा विधानसभा निर्वाचन चलिरहेका कारण सीमामा आवागमन अस्थायी रूपमा रोकिए पनि गाईहरू सीमासँगै रहेका गाउँ र बोटबिरुवामुनि लुकाएर राखिएको र राति नाका खुल्नेबित्तिकै पार गर्न तयारी भइरहेको छ।

तस्करीमा संलग्न स्रोतका अनुसार सीमामा खुलेआम पैसाको चलखेल हुन्छ। “महिनावारी रकम बुझाएपछि गाई लैजान रोकावट हुँदैन,” स्रोतले भन्यो। उनका अनुसार यो कार्य वर्षौँदेखि निरन्तर हुँदै आएको छ।

हाल सीमाको सुरक्षाको जिम्मा सशस्त्र प्रहरी बल (एपीएफ)सँग भए पनि स्थानीयवासीले सुरक्षाकर्मीहरूको मिलेमतोमा तस्करी सजिलै हुने गरेको आरोप लगाएका छन्। उनका भनाइमा, गाईहरू पहाडी क्षेत्रबाट ल्याई गौशाला, कुठुधार र पर्सा हुँदै भारततर्फ लैजानुअघि नेपाल प्रहरीका चेकपोस्ट पार गरिन्छ तर कुनै रोकावट हुँदैन।

“हामीले आफ्नै आँखाले देख्छौं, रातारात गाईहरू भारत पस्छन्, तर सुरक्षाकर्मीहरू नदेखेजस्तो गर्छन्,” एक स्थानीयले भने।

स्थानीयवासीहरूले सम्सी नाकामा गाई तस्करी नियन्त्रणका लागि प्रभावकारी कारबाही र उच्च तहको अनुगमन गर्न माग गरेका छन्। उनीहरूको भनाइमा, तत्काल कदम नचलाइए सम्सी नाका गाई तस्करीको ‘मुख्य गेट’ बन्ने खतरा छ।

प्रतिक्रिया

सम्बन्धित समाचार