काठमाडौँ, कार्तिक २७ गते ।
मधेश प्रदेशका ७४ जना प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री नियुक्ति खारेजको माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले संयुक्त इजलासमा पठाउने आदेश दिएको छ।
बुधबार न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासमा रिटमाथि प्रारम्भिक सुनुवाइ हुँदै अदालतले मुद्दा संवेदनशील प्रकृतिको भएको ठहर गर्दै संयुक्त इजलासमा सुनुवाइ गर्न निर्देशन दिएको हो।
अदालतका अनुसार अब यो मुद्दा आइतबार (कार्तिक ३० गते) बस्ने संयुक्त इजलासमा पेश हुने छ। त्यसपछि अन्तिम फैसला पनि सोही दिन हुने अपेक्षा गरिएको छ।

