https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, कार्तिक २६ गते ।
तीस वर्षे सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ्ग, प्रहरी नायव महानिरीक्षक (डीआईजी) ई. फणिन्द्र बराल र संजीव शर्मा दासलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ।

बिदाइ समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले शुभकामना सहित हार्दिक बिदाइ गर्नुभयो।

समारोहलाई सम्बोधन गर्दै सेवा निवृत्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले प्रहरी संगठनको सर्वोच्च जिम्मेवारी वहन गर्न पाउनु आफ्नो जीवनको महान सम्मान रहेको बताउनुभयो। उहाँले आफ्नो छोटो नेतृत्वकालमा राजनीतिक परिवर्तनको संवेदनशील परिस्थितिमा पनि प्रहरी संगठनको अस्तित्व, मनोबल र एकता कायम राख्न हरसम्भव प्रयास गरेको उल्लेख गर्नुभयो।

खापुङ्गले नवनियुक्त प्रहरी महानिरीक्षकलाई बधाई दिँदै उहाँ व्यावसायिक, कर्तव्यनिष्ठ र दुरदर्शी व्यक्तित्व भएको बताउनुभयो। साथै, उहाँको नेतृत्वमा संगठनले थप नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्दै सबै प्रहरी सदस्यहरूलाई संगठनको श्रीवृद्धिका लागि रचनात्मक सहयोग गर्न आग्रह गर्नुभयो।

समारोहमा आईजीपी खापुङ्गले आफ्नो कार्यकालमा सम्पन्न भएका उल्लेखनीय कार्य र सञ्चालनमा रहेका प्रमुख योजनाहरू समेटिएको कार्यसम्पादन प्रतिवेदन नवनियुक्त आईजीपी दान बहादुर कार्कीलाई हस्तान्तरण गर्नुभयो। त्यस अवसरमा आईजीपी कार्कीले खापुङ्ग, बराल र दासलाई कृतज्ञताको चिनो प्रदान गर्नुभयो।

बिदाइ समारोहमा बोल्दै नवनियुक्त आईजीपी दान बहादुर कार्कीले सेवा निवृत्त अधिकृतहरूलाई हार्दिक बधाई दिँदै सफल सेवाजीवनका लागि सम्मान प्रकट गर्नुभयो। उहाँले अगाडि बढ्दा अघिल्ला नेतृत्वहरूले थालनी गरेका अनुकरणीय कार्यलाई निरन्तरता दिँदै नेपाल प्रहरीको संस्थागत सुदृढीकरणका लागि प्रतिबद्ध रहने बताउनुभयो। साथै, सेवा निवृत्त अधिकृतहरूबाट आगामी दिनमा पनि रणनीतिक सुझाव र सकारात्मक पृष्ठपोषण प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।

सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती भावना श्रेष्ठ खापुङ्गलाई पनि सम्मानपूर्वक बिदाइ गरिएको थियो। उहाँलाई श्रीमती नविना कार्कीले शुभकामना सहित हार्दिक बिदाइ गर्नुभयो।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, अधिकृत तथा जवानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार