https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


जनकपुरधाम, कार्तिक २८ गते ।
धनुषामा भोजमा उत्पन्न विवाद मिलाउन पुगेका मिथिला विहारी नगरपालिका–९ का वडाध्यक्ष बिन्देश्वर यादवको गोली हानी हत्या गरिएको छ। गाउँकै प्रकाश यादवका बुबाको नौकेश (९ दिने संस्कार)को अवसरमा आयोजित भोजमा पुगेका वडाध्यक्षमाथि शुक्रबार साँझ गोली प्रहार भएपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

वडाध्यक्षसँगै उनका दाइ रामनाथ यादव र भाइ अशेश्वर यादव पनि भोजमा उपस्थित थिए। भोज सुरु भइरहेकै बेला स्थानीय धर्मनाथ यादव गालीगलौज गर्दै आएपछि वातावरण तनावग्रस्त बनेको प्रत्यक्षदर्शीले बताए। वडाध्यक्षका भाइ अशेश्वरले “किन गाली गर्नुहुन्छ?” भनेपछि विवाद चर्किँदै झडपमा परिणत भएको थियो ।

झडपकै क्रममा धर्मनाथ यादवका नातेदार ४–५ जनाको समूह लाठी, खुकुरी र पेस्तोलसहित घटनास्थलमा पुगेको प्रत्यक्षदर्शीको दाबी छ। अशेश्वरका अनुसार वडाध्यक्ष बिन्देश्वर यादव झगडा रोक्न अघि बढेका बेला धर्मनाथका नातेदार सम्भु यादवले पेस्तोल प्रहार गरेका थिए। सम्भु धर्मनाथका काकाका छोरा पर्न आउने बताइएको छ ।

घटनामा वडाध्यक्षका दाइ रामनाथ यादवसहित सात जना घाइते भएका छन्। घाइतेहरूको उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ ।

स्थानीयवासी, प्रत्यक्षदर्शी र प्रहरीले संकलन गरेको प्रारम्भिक तथ्यअनुसार धर्मनाथ यादवसँगको पुरानो विवादकै क्रममा पूर्वयोजनाबद्ध रुपमा हत्या भएको आशंका गरिएको छ ।

धर्मनाथ नेकपा एमाले वडा कमिटी–९ का वडा अध्यक्ष हुन्।
वडाध्यक्ष बिन्देश्वर यादव २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका थिए। एक वर्षअघि उनी एमाले नेता रघुवीर महासेठबाट टिका लगाएर औपचारिक रूपमा एमाले प्रवेश गरेका थिए। यसअघि २०७४ मा उनी तत्कालीन फोरम नेपालबाट निर्वाचित भएका थिए। स्वभावले मिलनसार भएकैले २०७९ मा पनि उनी स्वतन्त्र रूपमा विजयी भएको स्थानीयको दाबी छ ।

स्थानीयका अनुसार विकास–निर्माणका विषयमा धर्मनाथ र वडाध्यक्षबीच समय–समयमा विवाद भइरहने गरेको थियो। एक प्रहरी स्रोतका अनुसार भोजको अवसरलाई लक्षित गरेर विवाद सिर्जना गरी हत्या गर्ने पूर्वयोजना समेत हुन सक्ने आशंका छ।
घटनापछि प्रहरीले धर्मनाथ यादव र सम्भु यादवलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सभार : टुडेपाटी

प्रतिक्रिया

सम्बन्धित समाचार