https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौँ, कार्तिक ३० गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कलैया–४ बारामा भएको अनियमिततामा संलग्न रहेको आरोपमा तत्कालीन निमित्त डिभिजन प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार तत्कालीन प्रमुख किशोरी प्रसाद यादव, तीन कर्मचारी तथा सान्दर्भिक मिडिया नेटवर्क प्रा.लि.लाई मिलेमतोमा ठेक्का प्रक्रिया अघि बढाई गैरकानुनी लाभ लिएको र कार्यालयलाई हानि पुर्‍याएको आधारमा कारबाही अघि सारिएको हो।

अख्तियारले प्रमुख यादवले बोलपत्रको सूचना सार्वजनिक नगरी मनपरी तरिकाले ठेक्का दिएको र यस प्रक्रियामा वित्तीय अनियमितता भएको ठहर गरेको छ । यसै आधारमा आयोगले आइतबार विशेष अदालतमा अभियोगपत्र दर्ता गराउँदै कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार