सर्लाही, मंसिर १ गते ।
सर्लाहीको ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष रामपदारथ साहले रातिको समयमा केही व्यक्तिहरू घरअगाडि आइपुगेको र आक्रमण गर्ने प्रयास गरिएको आरोप लगाएका छन्। उनका अनुसार जेनजी पुस्ताको नाममा आएका ती व्यक्तिहरूले उनका छोरासहित परिवारका सदस्यसँग अभद्र व्यवहार गरेका थिए।

साहको घर भदौ २४ मा भएको जेनजी आन्दोलनको क्रममा पनि निशानामा परेको थियो। सोमबार रातिको घटना त्यही क्रमको निरन्तरता जस्तो देखिएको उनको भनाइ छ।
घटनाबारे विस्तृत जानकारी दिन अध्यक्ष साहले आज पत्रकार सम्मेलन गर्ने तयारी रहेको उज्यालो अभियानलाई बताए।
यता सर्लाही प्रहरीले घटना सम्बन्धी सुरुवाती अनुसन्धान भइरहेको र वास्तविकता पुष्टि गर्न थप जानकारी संकलन भइरहेको जनाएको छ।

