https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, मंसिर १ गते ।
स्वास्थ्य कार्यालय महोत्तरी, जलेश्वरद्वारा आयोजित दुई दिने जिल्ला स्तरीय वार्षिक स्वास्थ्य समीक्षा गोष्ठी आर.एस. थकाली होटलमा सम्पन्न भएको छ । गोष्ठी कार्यक्रम स्वास्थ्य कार्यालय प्रमुख नवल किशोर साहको अध्यक्षतामा भएको उद्घाटन सत्रसँगै औपचारिक रूपमा सुरु गरिएको थियो।

कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको प्रगति, उपलब्धि, चुनौती र सुधारका अवसरबारे विस्तृत समीक्षा प्रस्तुत गरियो। स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (HMIS) का तथ्यांकका आधारमा १५ वटै पालिकाको कार्यसम्पादन मूल्यांकन गर्दा औरही पहिलो, मठिहानी दोस्रो र मनराशिश्वा तेस्रो स्थानमा रहेका स्वास्थ्य कार्यालयले जनाएको छ।

गोष्ठीमा स्वास्थ्य सेवाको पहुँच, सीप अभिवृद्धि, स्रोत–साधनको उपयोग, कार्यक्रमहरूको प्रभावकारिता तथा कार्यान्वयनका चुनौतीबारे विषयगत प्रस्तुति, समूहगत छलफल र सुझाव सत्रमार्फत विस्तृत बहस भयो। सहभागीहरूले सेवा विस्तार, गुणस्तर सुधार, नीति तथा कार्ययोजना कार्यान्वयनमा स्थानीय तहबीचको समन्वय अझ बलियो बनाउनुपर्ने आवश्यकता औंल्याए।

दुई दिनसम्म चलेको समीक्षा गोष्ठीले आगामी वर्षका प्राथमिकता योजना, स्वास्थ्य क्षेत्रका लक्ष्य र कार्यसूचीलाई प्रभावकारी, दिगो र व्यवस्थित बनाउने मार्गचित्र तयार गरेको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ।

उद्घाटन सत्रमा स्वास्थ्य निर्देशनालय प्रमुख सरोज चन्द्र न्यौपाने, प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव, सशस्त्र प्रहरी उपरीक्षक शेरबहादुर अधिकारी, फोकल पर्सन प्रतिभा सिंह सहित सबै पालिकाका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार