https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


टुडे संवाददाता
गाैशाला, मंसिर २ गते ।
मधेश प्रदेश सभाको बैठक बोलाउन माग गर्दै ३२ जना सांसदले मधेश प्रदेश सभाका उपसभामुख बबिता राउत ईसरलाई पत्र बुझाएका छन् । सभामुख रामचन्द्र मण्डलविरुद्ध पद अनुकुल आचरण नगरेको प्रस्ताव दर्ता रहेको समयमा विपक्षी दलका प्रदेशसभा सदस्यहरुको टोलीले उपसभामुखलाई भेटेर प्रदेशसभाको बैठका आह्वान गर्न माग गरेका हुन् ।

विपक्षी दलहरुको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सहित उपसभामुख बबिता राउत समक्ष प्रदेशसभा बैठक मंसिर ३ गते बुधबार आह्वान गर्न माग गरे ।

प्रदेशसभा सदस्य साहले २५ प्रतिशत प्रदेशसभा सदस्यले बैठक बोलाउन माग गरेर बैठक आह्वान गर्नुपर्ने प्रावधान रहेको र प्रदेशसभा बैठकबाटै सभामुखविरुद्धको प्रस्तावमाथि छलफल प्रकृया अगाडी बढाउने उद्देश्यका साथ ३२ जना प्रदेशसभा सदस्यहरुले प्रदेशसभा बैठक आह्वान गर्न माग गरेको जानकारी दिए । उनले सभामुखमाथि दर्ता गरिएको प्रस्तावमाथि छलफल प्रकृया अगाडी बढाउनका लागि आफूहरुले प्रदेशसभा बैठक बोलाउन माग गरेको बताए ।

प्रदेशसभा बैठक आह्वान गर्ने माग मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरु नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, नेकपा एकिकृत समाजवादी पार्टी, माओवादी केन्द्र रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार