https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौँ, मंसिर २ गते ।

पर्साको बिरगंज नापी कार्यालयमा छुट जग्गा दर्तामा सहयोग मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस माग्ने दुई कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा रंगेहात पक्राउ परेका छन्। आयोगमा परेको उजुरीका आधारमा खटिएको टोलीले मंसिर २ गते दुवै जनालाई एक लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा नापी कार्यालय बिरगंजका सर्भेक्षक राम प्रमोद राउत र आदर्शनगर पानी ट्याङ्कीस्थित नापी टोलीमा कार्यरत कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय छन्। उनीहरूले सेवाग्राहीसँग छुट जग्गा दर्ता मिलाइदिने भन्दै विभिन्न बहाना बनाई एक लाख घुस मागेको आयोगले जनाएको छ।

अख्तियारका अनुसार दुवै कर्मचाऱ्यालाई रंगेहात घुस लिइसकेको अवस्थामा बिरगंज महानगरपालिका–३ स्थित नापी कार्यालय पर्सा १, २, ३ को कार्यालयबाट नियन्त्रणमा लिइएको हो। आयोगले बरामद रकमसहित थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उक्त कार्य सिधैँ भ्रष्ट आचरणमा पर्ने भएकाले दुवैजनामाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार