https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौँ : महानगरपालिकाको वडा नम्बर १० देवीनगरस्थित (धोवीखोला करिडोर) सार्वजनिक जग्गा खाली गराई निर्माण हुने स्पोर्टस् पार्कको आज औपचारिक रुपमा शिलान्यास गरिएको छ। निजी व्यक्ति तथा संस्थाले प्रयोग गर्दै आएको यो ५ रोपनी १० आना २ पैसा (२८८० वर्गमिटर) क्षेत्रफलको अतिक्रमणमुक्त जग्गामा अब खुला पार्क निर्माण सुरू भएको हो।

शिलान्यास कार्यक्रममा वडाध्यक्ष तथा काठमाडौँ महानगरको सामाजिक विकास समितिका संयोजक रामकुमार के.सी.ले पार्क निर्माण पूर्वाधार विकास मात्र नभई समुदायमा सामाजिक गतिविधि, स्वस्थ जीवनशैली र सार्वजनिक मेलमिलाप बढाउने महत्वपूर्ण आधार हुने बताउनुभयो।

१२ कम्पनीमध्ये हान्स–चपुर जे.भी. लाई जिम्मेवारी

उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाले खुला बोलपत्रमा प्राप्त १२ कम्पनीमध्ये हान्स–चपुर ज्वाइन्ट भेन्चरलाई निर्माणको ठेक्का दिएको छ।
पार्क निर्माणको लागत अनुमान (भ्याट र पीएससहित) २ करोड ८१ लाख ४० हजार रुपैयाँ छ। कार्यादेश रकम भ्याट तथा पीएसबाहेक १ करोड ८८ लाख ९१ हजार रुपैयाँ रहनेछ।

कार्तिक १८ मा कार्यादेश दिएको पार्क निर्माण मिति २०८३ कार्तिक १८ सम्म पूरा गर्ने लक्ष्य राखिएको छ।

पार्कका प्रमुख सुविधा

– खुला व्यायामशाला
– १२८ वर्गमिटरको ब्याडमिन्टन कोर्ट
– ९२८.५३ वर्गमिटर क्षेत्रफलको फुटसल मैदान
– महिला, पुरुष र अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्टाछुट्टै शौचालय र कपडा परिवर्तन कक्ष
– ३११.८९ वर्गमिटर हरियाली क्षेत्र (दुवो रोपाइँ)
– १६३ विरुवा रोपाइँ
– ३०० मौसमी फूल
– पर्खाल तथा सुरक्षाको प्रबन्ध

पार्क निर्माण सम्पन्न भएपछि अनामनगर, घट्टेकुलो, मैतीदेवी, पुरानो बानेश्वर, थापागाउँ लगायत क्षेत्रका बासिन्दालाई व्यायाम, आराम, बालबालिकाको खेलकुद तथा सामुदायिक गतिविधिका लागि सहज वातावरण उपलब्ध हुनेछ।

अतिक्रमणमुक्त अभियानपछि बन्न लागेको पार्क

महानगर प्रहरी बलले २०८० साउन ४ गते संरचना हटाएर यो क्षेत्र सार्वजनिक उपयोगका लागि खाली गरेको थियो। पूर्वमन्त्री भद्रकुमारी घलेले पनि महानगरको अतिक्रमणमुक्त अभियानमा साथ दिँदै आफ्ना संरचना हटाउन सहयोग गरेकी थिइन्। प्रहरी बलले उनका सामान सुरक्षित स्थानमा स्थानान्तरण गरिदिएको थियो।

यो पार्क निर्माण महानगरको हरियाली प्रवर्द्धन, खुला क्षेत्र विस्तार र समुदायमै स्वास्थ्य–मैत्री पूर्वाधार विकास गर्ने रणनीतिको हिस्सा मानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार