https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, मंसिर ३ गते ।

काठमाडौँमा आयोजित एक विशेष समारोहमा विश्व स्वास्थ्य संगठन (WHO) दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयले नेपालको महिला सामुदायिक स्वास्थ्य स्वयंसेवी (FCHV) कार्यक्रमलाई Public Health Champion Award प्रदान गरेको छ । उक्त अवार्ड माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानपूर्वक हस्तान्तरण गर्नुभएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर सक्रिय रूपमा स्वास्थ्य सेवा प्रवाहमा योगदान पुर्‍याउँदै आएका सबै महिला स्वास्थ्य स्वयंसेविकालाई पुनः बधाई व्यक्त गरेको छ ।

रूबेला निवारण उपलब्धिका लागि नेपाल सरकार पनि सम्मानित

सोही समारोहमा रूबेला उन्मूलन प्रयासमा उपलब्धि हासिल गरेको भन्दै नेपाल सरकारलाई पनि Public Health Champion Award प्रदान गरिएको छ । उक्त अवार्ड डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयकी कार्यकारी प्रमुख डा. क्याथरिना बोहेमले मन्त्री डा. सुधा शर्मा गौतममार्फत हस्तान्तरण गर्नुभएको हो ।

मन्त्रालयको कृतज्ञता

यी महत्वपूर्ण उपलब्धिहरू हासिल गर्न योगदान पुर्‍याउने सबै सरोकारवालाप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हार्दिक आभार व्यक्त गरेको छ । मन्त्रालयले भविष्यमा पनि स्वास्थ्य क्षेत्र सुधारका लागि सकारात्मक सहयोग र सहकार्यको निरन्तरता रहने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार