https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


राजेश सिंह
गाैशाला, मंसिर ४ गते ।
महोत्तरीको गौशालामा अन्तर्राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ My Day My Rights भन्ने नाराका साथ वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सेभ द चिल्ड्रेन र सामुदायिक विकास तथा पैरवी मञ्च नेपालकाे साझेदारी तथा गौशाला नगरपालिकाकाे समन्वयमा सञ्चालित समुन्नति कार्यक्रम अन्तर्गत नगर बाल क्लब संजाल, गौशालाले बिहीबार नगरपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमको औपचारिक सत्र : संबोधन, सहभागिता र उत्साह
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख डा. दिपेन्द्र महतोले सम्बोधन गर्दै बालबालिका कुनै पनि समाजको मूल आधार र भविष्यका वाहक भएको उल्लेख गर्दै स्थानीय तहले बालमैत्री नीतिको प्रभावकारी कार्यान्वयनमा निरन्तरता दिइरहेको बताए । उहाँले भन्नुभयो, “बालमैत्री नगरपालिका निर्माणको यात्रामा शिक्षा, संरक्षण, स्वास्थ्य र सहभागितामूलक कार्यक्रमहरूलाई अझ मजबुत बनाउन हामी निरन्तर प्रयत्नशील छौं । बालबालिकामा लगानी गर्नु नै सुरक्षित र समृद्ध भविष्यको थालनी हो ।”

उहाँले कार्यक्रममा सहभागी बालबालिकाको अभिव्यक्ति, आत्मविश्वास र सिर्जनशीलताको खुलेर प्रशंसा गर्दै स्थानीय सरकारलाई सहयोगी बनाउँदै बाधा–अवरोध हटाउने र अवसर विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

१० विद्यालयका २० विद्यार्थीहरुबिच प्रतिस्पर्धा
प्रतियोगितामा गौशाला नगरपालिकाभित्र रहेका १० वटा माध्यमिक विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए । प्रत्येक विद्यालयबाट १ जना छात्र र १ जना छात्रा गरी २० जना बालबालिका प्रतिस्पर्धामा सहभागी भएका थिए । जसमा मावि निगौल, मावि त्रिभुवन, मावि फुलकाहा, मावि कान्तिबजार, मावि रामनगर, मावि रजखोर, मावि भन्टाबारी, मावि नवराजपुर, मावि भरतपुर र मावि बेलगाछी सहभागी रहेका थिए ।

विधार्थीहरूले ‘बालबालिकामा लगानी’, ‘शिक्षाको पहुँच’, ‘नेतृत्व विकास’, ‘बालमैत्री समाज निर्माण’ लगायत विषयमा प्रभावपूर्ण प्रस्तुत गरेका थिए ।

विजेताहरूलाई आकर्षक पुरस्कार
प्रतियोगितामा श्री माध्यमिक विद्यालय निगौलकी चन्द्रिका कुमारी यादव पहिलो हुने विद्यार्थीलाई २४ पिस कापी, औजार बक्स, डटपेन प्याकेट र पेन्सिल प्याकेट प्रदान गरिएको थियो । दोस्रो स्थान श्री राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारकी रबिना कुमारी साह ले प्राप्त गरिन् । उनलाई १८ पिस कापी, औजार बक्स, डटपेन तथा पेन्सिल प्याकेट प्रदान गरियो ।


त्यसैगरी तेस्रो स्थान त्रिभुवन माध्यमिक विद्यालय गौशालाकी रन्जिता कुमारी महतो ले हासिल गर्दै १३ पिस कापी, औजार बक्स, डटपेन तथा पेन्सिल प्याकेट प्राप्त गरिन् । बाँकी सहभागी छात्र तथा छात्राहरुलाई प्राेहत्सान स्वरूप दुई कापी र एक डटपेन वितरण गरेको रिंकी श्रेष्ठले जानकारी दिए ।

निर्णायक छनोट र व्यवस्थापन
निर्णायक समिति छनोट नगरपालिका कर्मचारी र शिक्षकहरूको समूहबाट गोलाप्रथामार्फत गरिएको थियो, जसले कार्यक्रममा पारदर्शिता र विश्वसनीयता बढाएको आयोजकले जनाएको छ ।


कार्यक्रम नगर बाल क्लब संजालकाे उपाध्यक्ष मनिष यादवकाे अध्यक्षतामा सुरु भएको थियो । प्रमुख अतिथि नगर प्रमुख डा. दिपेन्द्र महतो, विशिष्ट अतिथिका रूपमा शिक्षा शाखाका प्रमुख, महिला तथा बालबालिका शाखाका प्रतिनिधि तथा विभिन्न शाखाका अन्य अधिकारीहरू उपस्थित रहेका थिए । सहभागी विद्यालयहरूबाट प्रधानाध्यापक तथा प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार