https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


गाैशाला, मंसिर ५ गते ।
सेभ द चिल्ड्रेनको सहयोगमा सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, बर्दिबासद्वारा सञ्चालित ‘समुन्नति’ कार्यक्रमअन्तर्गत बालविवाह न्यूनीकरणका उद्देश्यले स्थानीय युवाहरू सक्रिय बनेका छन् ।

श्री त्रिभुवन माध्यमिक विद्यालय, गौशाला–५ का कक्षा १२ का विद्यार्थीहरूले गठन गरेको Youth Mobilization Group ले आफ्नो वार्षिक कार्ययोजना अनुसार आज गौशाला नगरपालिका–४ स्थित रजखोरमा अभिभावकहरूसँग बालविवाह सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा समुदायभित्र समयअगाडि हुने विवाहका शारीरिक, मानसिक तथा सामाजिक असरबारे अभिभावकलाई जानकारी गराइयो । साथै बालविवाह दण्डनीय अपराध भएको तथा यस सम्बन्धी कानुनी सजायबारे विस्तृत जानकारी प्रदान गर्दै यसको न्यूनीकरणमा अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुनेमा जोड दिइयो ।



सो अवसरमा सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, बर्दिवासका फिल्ड सुपरभाइजर रिंकि श्रेष्ठ तथा श्री त्रिभुवन मा.वि. गौशालाकी फोकल शिक्षक पूजा यादवको पनि सहभागिता रहेको थियाे ।

फोकल शिक्षिका पूजा यादवले बालविवाह जस्तो हानिकारक प्रथाको अन्त्यका लागि विद्यालय, अभिभावक, समुदाय र युवाहरू सबै एकजुट भएर लाग्नुपर्नेमा विशेष जोड दिँदै, सचेतना र सहकार्यकै माध्यमबाट बालविवाहलाई रोक्न सकिने बताइन् ।

बालिकाहरूले अभिभावकलाई बालविवाहका जोखिमबारे निरन्तर सचेत रहन, छोरी–छोराको शिक्षालाई प्राथमिकता दिन र समुदायमै सकारात्मक वातावरण निर्माण गर्न साथ–सहयोग जारी राख्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार