जनकपुरधाम, मंसिर ५ गते ।
जनता समाजवादी पार्टी, नेपालका समाजवादी नेता तथा मधेश प्रदेशका प्रदेश सांसद रामअशिष यादवले महोत्तरीको ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने देवभूमि बाबा कारिक स्थान (परौल) को स्थलगत निरीक्षण गरेका छन् ।
महोत्तरी जिल्ला बलवा नगरपालिका–परौलस्थित प्रसिद्ध धार्मिक गन्तव्य देवभूमि बाबा कारिक स्थानको महत्त्व, सम्भावना र संरक्षणबारे जानकारी लिँदै सांसद यादवले यस्तो धरोहरलाई पर्यटनका रूपमा विकसित गर्न प्रदेश सरकार नीतिगत रूपमा अगाडि बढ्नुपर्ने बताए ।
निरीक्षणका अवसरमा स्थानीय वडा अध्यक्ष कारी यादव, युवा नेता अशोक यादव लगायतले स्थलको धार्मिक–पर्यटकीय गरिमा, सांस्कृतिक महत्व र आवश्यक विकासका विषयमा सांसद यादवलाई विस्तृत जानकारी गराए ।





