https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

 

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले अधिकार, पहिचान र समानताको मुद्दामा सरकारको ध्यानाकर्षण गराउँदै देशव्यापी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ। पार्टीले मंसिरदेखि पौष महिनासम्म विभिन्न चरणमा क्रमिक रूपमा विरोध कार्यक्रम सञ्चालन गर्ने बताएको छ।

पार्टीले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रमहरू यसप्रकार छन्–

१. मंसिर १० — ज्ञापनपत्र बुझाउने

देशभरका सबै जिल्लाबाट जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीसमक्ष मागसहित ज्ञापनपत्र बुझाइनेछ।

२. मंसिर ११–१५ — स्थानीय विरोध अभियान

प्रत्येक संसदीय क्षेत्रका सहर तथा बजार क्षेत्रमा विरोध प्रदर्शन, कोणसभा र जनपरिचालन कार्यक्रम सञ्चालन गरिनेछ।

३. मंसिर १९ र २१ — शान्तिपूर्ण धर्ना

जिल्ला सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय अगाडि मागसहितका प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना आयोजना गरिनेछ।

४. मंसिर २७–पौष ४ — जिल्ला स्तरीय विरोध सभा

देशभरका विभिन्न जिल्लामा जिल्ला स्तरीय विरोधसभा तथा जनसभा सञ्चालन गरिनेछ।

५. प्रदेश स्तरीय जनप्रदर्शन तथा विरोध सभा

  • पौष १२ — विराटनगर, कोशी प्रदेश
  • पौष १४ — जनकपुर, मधेश प्रदेश
  • पौष १५ — वीरगंज, मधेश प्रदेश
  • पौष १७ — नेपालगञ्ज/भैरहवा, लुम्बिनी प्रदेश

पार्टीले आवश्यकताअनुसार स्थानीय जिल्ला तथा प्रदेश समितिहरूले आफ्नै निर्णयअनुसार थप आन्दोलन वा विरोध कार्यक्रम सञ्चालन गर्न सक्ने व्यवस्था मिलाएको छ।

जसपा नेपालले शान्तिपूर्ण तर सशक्त आन्दोलनमार्फत अधिकार, पहिचान र समानताका पक्षमा जनसहभागिता विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार