https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

‎ ‎
‎जनकपुरधाम, मंसिर १० गते ।
‎जनता समाजवादी पार्टी, नेपाल पार्टी स्कुल तथा प्रशिक्षण विभागद्वारा आयोजित मधेश प्रदेश स्तरीय ३ दिवसीय प्रशिक्षण कार्यक्रम आज जनकपुरधाममा शुरू भएको छ। उद्घाटन सत्रसँगै पहिलो दिनको मुख्य सेसन पार्टी अध्यक्ष तथा प्रमुख प्रशिक्षक उपेन्द्र यादवले लिएका छन् ।

‎यादवले “नेपालको राजनीतिक शक्तिहरूको तुलनात्मक अध्ययन” शीर्षकमा प्रशिक्षणार्थीहरुलाई विस्तृत प्रस्तुति दिँदै देशको वर्तमान राजनीतिक अवस्था, दलहरूको वैचारिक आधार, शक्ति–सन्तुलन र प्रदेश–संघीय सम्बन्धबारे विश्लेषण गर्दै छन्। कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताको सक्रिय उपस्थिति रहेको छ ।

‎प्रशिक्षणको उद्देश्य मधेश प्रदेशभरिका संगठनात्मक संरचना सुदृढ गर्ने, राजनीतिक अध्ययनलाई व्यवस्थित बनाउने तथा नेता र कार्यकर्तालाई नीति–दिशा स्पष्ट रूपमा प्रदान गर्नु रहेको पार्टी स्कुल तथा प्रशिक्षण बिभागका अध्यक्ष सुरेश मण्डलले जानकारी गराए ।

‎कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार