गाइघाट, मंसिर १० गते ।
उदयपुरको लिमचुङबुङ गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष गुरुमणि कुमाईले एकलाख बढीको अक्षय कोष स्थापना गरेका छन ।
कुमाईका पिता स्वर्गीय पिता नन्दलाल कुमाईको स्मृतिमा महेन्द्र माध्यमिक विद्यालय (१–१०) सिर्वानी, बाराहामा एक लाख १ हजार १११ को अक्षयकोष स्थापना गरेका हुन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका कुमाई २०७९ सालको चुनावमा स्वतन्त्र चुनाव चिन्ह लिएर वडाध्यक्षमा निर्वाचित भएका हुन ।

कुमाई र उनका भाइ शारदमणि कुमाईसहित परिवारको तर्फबाट स्थापना गरिएको यो कोषको नाम “स्व. नन्दलाल कुमाई स्मृति विद्यालय विकास अक्षयकोष” राखिएको छ । कोषको ब्याजबाट प्राप्त रकम विपन्न, जोखिममा परेका र असहाय बालबालिकाको शिक्षामा सहयोग गरिने वडाध्यक्ष कुमाईले बताए । “चुनावी घोषणापत्रमा मैले आफूले पाउने सुविधाको ५० प्रतिशत विपद् व्यवस्थापन कोषमा राख्ने प्रतिबद्धता जनाएको थिएँ । त्यही भावनालाई निरन्तरता दिँदै स्वर्गीय पिताको वार्षिक पुण्यतिथिको अवसरमा यो कोष स्थापना गरेको हुँ,” कुमाईले भने ।

विद्यालयका प्रधानाध्यापक यूवराज खत्रीले यो सहयोगले विद्यालयको दीर्घकालीन आर्थिक आधार बलियो भएको र भावी पुस्तालाई शिक्षामा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । “यो परोपकारी कार्य शिक्षाप्रति देखिएको उच्च जिम्मेवारीको उदाहरण हो, विद्यालय परिवार सधैं ऋणी रहनेछ,” उनले थपे ।
विद्यालय विकास अक्षयकोषका अध्यक्ष रत्नबहादुर कार्कीले कोष स्थापनाको उच्च कदर गर्दै वडाध्यक्ष गुरुमणि कुमाईलाई सम्मान–पत्रसहित सम्मान गरिएको जानकारी दिए ।