https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज स्वास्थ्य मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा दुबै देशबीचको ऐतिहासिक मित्रता र आपसी विश्वासका आधारमा स्वास्थ्य क्षेत्रमा रहेको विद्यमान सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

मन्त्री गौतमले नेपाल–भारत सम्बन्ध पारस्परिक सम्मान र सहकार्यको गहिरो आधारमा रहेको उल्लेख गर्दै विशेषगरी मातृ तथा शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा विस्तार, राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि, साथै विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य सेवा सुधार मन्त्रालयका प्राथमिकता रहेकाले यस क्षेत्रमा निरन्तर सहयोग आवश्यक रहेको बताइन्।

भेटका क्रममा राजदूत श्रीवास्तवले दुवै देशबीचको सम्बन्धलाई भारतले उच्च महत्व दिने बताए। उनले राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नतिका लागि भवन निर्माण, अत्यावश्यक उपकरण उपलब्ध गराउने तथा जनशक्ति तालिममा सहयोग गर्ने भारत सरकारको प्रतिबद्धता पुनः व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित समाचार