https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज : विद्या सदन सेकेन्डरी स्कूलद्वारा आयोजना गरिएको VSPowerPlay T20 Challenge Birgunj School Cup 2082 आजएक विशेष समारोहका बीच वीरगंजमा सुरु भएको छ। उद्घाटन कार्यक्रममा पर्सा क्रिकेट संघका अध्यक्ष मनिस सिंह प्रमुख अतिथि तथा NPABSAN पर्साका अध्यक्ष रामकुमार श्रेष्ठ विशेष अतिथिका रूपमा उपस्थित थिए ।

उद्घाटन सत्रमा आयोजक लालबहादुर गुरुङले स्वागत मन्तव्य राख्दै प्रतियोगिताले विद्यालयस्तरमा खेलकुदको विकास, क्रिकेट प्रतिभाको पहिचान तथा विद्यार्थीहरूमा अनुशासन र नेतृत्व क्षमताको अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उद्घाटन कार्यक्रम पारम्परिक दियो बालेर सम्पन्न गरिएको थियो ।

अतिथिहरूले प्रतियोगितामा सहभागी सबै विद्यालय तथा खेलाडीहरूलाई शुभकामना व्यक्त गर्दै विद्यालयस्तरीय प्रतियोगिता खेलाडीको व्यक्तित्व, अनुशासन र खेलभावना विकासको आधार बन्ने बताएका थिए। प्रतियोगिताको औपचारिक सुरुआत मुख्य अतिथिद्वारा ब्याटिङ र विशेष अतिथिद्वारा बलिङ गरेर गरियो ।



आजका खेलमा पहिलो भिडन्तमा ग्रीन ल्यान्ड सेकेन्डरी स्कूलले विद्या सदन सेकेन्डरी स्कूललाई २६ रनले पराजित गर्दै विजय हासिल गर्‍यो। खेलका म्यान अफ द म्याच ग्रीन ल्यान्डका सोहेब सेख घोषित भए ।

दोस्रो खेलमा गौतम सेकेन्डरी स्कूलले ज्ञानउदय सेकेन्डरी स्कूललाई १७ रनले हराउँदै जित दर्ता गर्‍यो। सो खेलका म्यान अफ द म्याच गौतमका साहिल हुसैन बने । भोलिका निर्धारित खेलहरूमा बाल एकता सेकेन्डरी स्कूल र साउथ जोन सेकेन्डरी स्कूल तथा त्यसपछि विद्या सदन सेकेन्डरी स्कूल र गौतम सेकेन्डरी स्कूलबीच प्रतिस्पर्धा हुनेछन्।

आयोजक विद्या सदन सेकेन्डरी स्कूलका अनुसार प्रतियोगिता भोलिदेखि पनि उस्तै उत्साह र अनुशासनपूर्ण वातावरणमा निरन्तर सञ्चालन भइरहेको रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार