https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, मंसिर १२ गते ।
जनता समाजवादी पार्टी, नेपालको पार्टी स्कुल तथा प्रशिक्षण विभागले आयोजना गरेको प्रदेशस्तरीय तीनदिने प्रशिक्षण कार्यक्रम आज जनकपुरधाममा सम्पन्न भएको छ।

कार्यक्रमका मुख्य प्रशिक्षक तथा जसपा–नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले प्रशिक्षणार्थीहरूलाई नेपालको राजनीतिक शक्तिहरूको तुलनात्मक अध्ययन, जसपाको नीति–सिद्धान्त, नेतृत्व विकास तथा देशको समसामयिक राजनीतिक परिदृश्यबारे विस्तृत प्रशिक्षण प्रदान गरे। उनले नेपालमा विकसित भइरहेको शक्ति–सन्तुलन, संघीयता, गणतन्त्र, दलहरूको वैचारिक दिशा तथा वर्तमान राजनीतिक चुनौतीहरूबारे सहभागीहरूलाई गहिरो विश्लेषणसहित जानकारी गराए।

यसैगरी राजनीतिक विश्लेषक जय निशान्तले डिजिटल युगमा एआई र सोशल मिडियाको प्रभावकारी प्रयोग, नेतृत्व विकास तथा चुनावी व्यवस्थापनका कुसल उपायहरूबारे प्रशिक्षण दिए। अर्थशास्त्री डा. उमाशंकर प्रसाद साहले नेपालको वर्तमान आर्थिक अवस्था, संघ–प्रदेशबीचको वित्तीय विभेदवित्तीय हस्तान्तरणमा देखिएका चुनौतीहरूबारे सहभागीहरूलाई जानकारी गराए।

तिनदिने प्रशिक्षण कार्यक्रममा मधेश प्रदेशसभाका सांसदहरूको साथै पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको पार्टी स्कुल तथा प्रशिक्षण विभागका प्रमुख सुरेश मण्डलले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार