https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


गौशाला, मंसिर १२ गते ।
महाेत्तरीकाे गाैशाला नगरपालिका–५ मा अवस्थित श्री त्रिभुवन नमुना माध्यमिक विद्यालयमा आजबाट बिधिवत रूपमा खेलकुद कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको छ । विद्यार्थीहरूको निरन्तर माग, सक्रियता र विद्यालयको समग्र विकास योजनालाई मध्यनजर गर्दै विद्यालयले यस वर्षदेखि खेलकुद गतिविधिलाई नियमित, व्यवस्थित र विस्तार गर्ने निर्णय गरेको हो ।

उद्घाटन समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश्वर महताेले खेलकुद विद्यार्थीको शारीरिक, मानसिक र बौद्धिक विकासका लागि अत्यावश्यक रहेको उल्लेख गर्दै नियमित अभ्यास सत्र, खेल प्रशिक्षण तथा आन्तरिक प्रतियोगिताहरू सञ्चालन गरिने जानकारी गरायो । विद्यालयमा खेलकुद कार्यक्रम प्रारम्भ भएपछि विद्यार्थीहरूले उत्साह प्रकट गर्दै आउने दिनमा अन्तर–विद्यालयस्तरका प्रतियोगितामा सहभागी होऊन आत्मविश्वास व्यक्त गरे ।



कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महतोले विद्यालयको गुणस्तरीय शिक्षासँगै अनुशासन, नेतृत्व क्षमता, टीमवर्क जस्ता मूल्यहरू खेलकुद मार्फत मजबुत हुँदै जाने बताए । साथै उहाँले विद्यालयको आर्थिक तथा प्रशासनिक पारदर्शितालाई सुदृढ गर्दै सटर भाडा, जग्गा भाडा, पोखरी भाडाका बाँकी बक्यौता असुली, र कब्जा गरिएको जग्गामा कानुनी कारबाही अघि बढाइने स्पष्ट प्रतिबद्धता व्यक्त गरे ।

विद्यालय प्रशासनका अनुसार खेलकुद कार्यक्रमले विद्यार्थीको सम्पूर्ण व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने भएकाले आगामी दिनहरूमा विद्यालयले खेलकुद तथा सह–शैक्षिक कार्यक्रमलाई अझ सक्रिय रूपमा अघि बढाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार