https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम : ज्योतिषी डा. विवेक पाण्डेद्वारा गरिएको आजको राशिफलले १२ राशिको भिन्न–भिन्न परिस्थिति र सम्भावनाहरू संकेत गरेको छ। कोहीका लागि आजको दिन अत्यन्तै शुभ रहनेछ भने कोहीलाई केही चुनौतीपूर्ण अवस्थाबाट सावधानीपूर्वक अघि बढ्न सुझाव दिइएको छ।

मेष

समय शुभ रहेको छ। पहिले रोकिएको काम बन्नेछ र जिम्मेवारी बढ्ने संकेत छ। आम्दानी वृद्धि हुने र व्यापार–व्यवसायमा फड्को मार्न सकिनेछ। साझेदारीबाट लाभ मिल्नेछ।

वृष

धन तथा श्रम खर्च हुने अवस्था छ। स्वास्थ्य कमजोरीका कारण काममा जुट्न कठिनाइ हुन सक्छ। गोपनीयता भंग हुने र अरूले कमजोरीको फाइदा उठाउन सक्ने समय भएकाले सतर्क रहनु जरूरी छ।

मिथुन

अत्यन्त शुभ समय। शत्रुमाथि विजय प्राप्त हुनेछ। चुनौती आए पनि आँट र कर्मयोगले लक्ष्यमा पुर्याउनेछ। दिगो फाइदाका काममा जग बस्ने संकेत छ।

कर्कट

कामको गति सुस्त भएर प्रतिफल ढिलो मिल्न सक्छ। आफ्नै कमजोरीले लक्ष्य टाढिन सक्ने सम्भावना छ। तर समस्या पर्दा शुभचिन्तकको साथ मिल्नेछ।

सिंह

समय अत्यन्तै रमाइलो र शुभ छ। प्रेम सम्बन्ध मजबुत बन्नेछ। नयाँ साथीभाइ भेटिने र रमाइलो यात्राको अवसर मिल्नेछ।

कन्या

समय सामान्य छ। अवसर गुम्ने खतरा छ भने बेसुरमा बोल्दा गोपनीयता भंग हुन सक्छ। साझेदारीमा समस्या आउने भएकाले योजना सार्वजनिक गर्न हतार नगर्नु उपयुक्त।

तुला

बोलीको गलत अर्थ लागेर मान–सम्मानमा चुनौती आउन सक्छ। धेरै मिहिनेत गर्दा पनि मनचाहिएको मूल्य तुरुन्तै नआउन सक्छ। नयाँ जिम्मेवारी भए पनि उपलब्धिका लागि समय लाग्नेछ।

वृश्चिक

घरखर्च बढ्ने र आर्थिक अभावले तनाव हुन सक्छ। अरूमा भर पर्नाले धोका पर्न सक्छ। यात्राको सम्भावना भए पनि प्रयासहरू व्यर्थ हुन नदिन सावधानी आवश्यक छ।

धनु

समय शुभ छ। बाध्यताले अल्मल्याए पनि दोहोरिएको प्रयास सफल हुनेछ। दिगो फाइदाका योजनाहरू बन्नेछन्। सामाजिक क्षेत्रमा सानो योगदानले ठूलो मान्यता पाउन सक्छ।

मकर

नयाँ कामबाट नाम तथा दाम कमाउने अवसर छ। लक्ष्य सहजै हासिल हुनेछ। प्रतीक्षित प्रतिफलले उत्साह बढाउनेछ। व्यवसायमा उल्लेखनीय प्रगति हुनेछ।

कुम्भ

आम्दानीका नयाँ स्रोत थपिनेछन्। कार्ययोजनाबाट राम्रो नाफा पाउन सकिनेछ। फलफूल तथा कृषि–सम्बन्धी क्षेत्रमा विशेष लाभ देखिन्छ। लगानी सही ढंगले उपयोग गर्न सके उत्कृष्ट नतिजा मिल्नेछ।

मीन

स्वास्थ्य राम्रो रहनेछ। आम्दानी बढ्ने, व्यापारमा लाभ र दाम्पत्य जीवन खुशनुमा रहनेछ। महत्वपूर्ण कार्य–यात्रा सफल हुनेछ। धार्मिक कार्यमा लगानी हुनसक्छ तर आफन्तसँग विवादको सम्भावना भएकाले संवेदनशील रहन सुझाव।

जस्तोसुकै राशिफल भए पनि, तपाईंको दिन शुभ रहोस्

प्रतिक्रिया

सम्बन्धित समाचार